जुम्लामा परेको असिनापानीले स्याउ खेतीमा क्षति

जुम्लामा परेको असिनापानीले स्याउ खेतीमा क्षति

सुर्खेत : शनिबार राति जुम्लामा परेको असिनापानीले स्याउ खेतीमा क्षति पुगेको छ । जुम्लाको सिञ्जा गाउँपालिकाको जोडु, रुघा, काँडागाउँ, भाडगाउँ, फुङ्ग्रा र शनिगाउँमा असिनापानीबाट स्याउ खेतीमा क्षति पुगेको स्थानीयवासी विज्ञान बुढाले जानकारी दिए ।

उनका अनुसार स–साना दाना लागेका थिए, केही बिरुवामा चिचिला पलाउँदै थिए । असिनाले सखाप बनायो । उनको बगैँचामा स्याउका ९० बोटले फल दिँदै आएका थिए । यस पटक किसानले स्याउ पर्याप्त मात्रामा फल्ने आशा गरेका थिए ।

एकैपटकको असिनापानीले किसानको स्याउ सखाप पारेको छ । बगैँचाभरि स्याउका दाना र चिचिला झरेका छन् । स्याउका बोट रित्तिएका छन् । असिनापानीले जिल्लाका अधिकांश क्षेत्रमा स्याउमा क्षति पुगेको स्थानीयवासीले बताएका छन् । मनग्य आम्दानी हुन थालेपछि पछिल्लो समय किसान स्याउखेतीतर्फ आकर्षित भएका छन् ।

 

 

 

 

प्रतिक्रिया