बदर मत रोक्न नमूना मतदान, ४८ जना सहभागि ४ मत बदर

बदर मत रोक्न नमूना मतदान, ४८ जना सहभागि ४ मत बदर


नमूना मतदान गर्दै स्थानीय एक महिला । तस्विर : हिक्मतबहादुर नेपाली ।

दैलेख : दैलेखको डुङ्गेश्वर गाउँपालिका–२ चुप्राको त्रिवेणी संगम मावीको खुला चौरमा विहानदेखि नै स्थानीयको उपस्थिती बाक्लीदै थियो । उक्त वडाको एकमात्र मतदान केन्द्र रहेको त्रिवेणी संगम मावी एक छेउमा मतदानको व्यवस्था मिलाईएको थियो । छेउछाउमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी तैनाथ थिए । त्यहाँ उपस्थित स्थानीयहरु पालैपालो महिला र पुरुषको छुट्टाछुट्टै घेरामा लामबद्ध भए । भित्र गएकाहरूले नमूना मतपत्र बोकेर गोप्य ठाउँमा गएर  मत जाहेर गरी बाकसमा खसाए ।

यो दृष्य दैलेखमा बुधवार देखिएका हुन् । यहि बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्षित गरेर जिल्ला निर्वाचन कार्यालय दैलेखले नमूना मतदान गराएको हो । स्थानीय तह सदस्य निर्वाचनलाई लक्षित गरेर नमूना मतदान गराइएको निर्वाचन कार्यालयले जनाएको छ । यस पटक विगतमा जस्तो मतदाता शिक्षा कार्यक्रम छैन् ।

नमूना मतदानका लागि लामबद्ध भएका स्थानीय । तस्विर : हिक्मतबहादुर नेपाली ।

बदर मत रोक्न नमुना मतदान कार्यक्रम गरिएको जिल्ला निर्वाचन अधिकारी मनमाया काउचाले बताइन् । मतदाताले आफ्नो मतको सदुपयोग गर्न जानुन् भनेर नमुना मतदान गराइएको निर्वाचन अधिकारी काउचाले बताइन् । स्थानीयलाई सहि तरिकाले कसरी मतदान गर्ने भन्नेबारे सिकाईएको बताइन् । ‘भीडियोको माध्ययमबाट पनि सहि मतदान गर्न सकिएका छौँ, उनले भनिन् ‘नमूना मतदानले पनि धेरै कुरा सिकाएको छ ।’

नमूना मतदानमा ४८ जना सहभागि थिए । जसमा चार मत पूर्ण रूपमा बदर भएको थियो भने केही आंशिक बदर भए । नमूना मतदानपछि स्थानीयले मत खसाल्न सहजै भएको प्रतिक्रिया दिएका छन् । चुप्राका स्थानीय छविलाल थापामगरले भने ‘नमूना मतदान ग¥यौँ, मतदान गर्न सहज छ, मतदान गर्ने तरिका समेत जानकारी भयो, सबैले सहजै मतदान गर्न सक्नुहुन्छ भन्ने लागेको छ ।’

भीडियाे हेर्नुहाेस् :

प्रतिक्रिया