स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा

स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा

काठमाण्डौ : स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ ।आज बिहान सकिएको सेमिफाइनल खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीलाई ३–१ गोलले हराउँदै रियल मड्रिड फाइनलमा पुगेको हो ।

फरवार्ड रोड्रिगोले दुई तथा करिम बेन्जेमाले एक गोल गरी रियललाई फाइनलमा पुर्याए । दोस्रो लेगमा सिटीका लागि रियाद महारेजले एक गोल गरे ।

पहिलो लेगमा सिटी ४–३ गोलले विजयी भएको थियो । तर दोस्रो लेगमा रियलले तीन गोल गरेपछि समग्रमा ६–५ को अग्रता लिएको हो । अब उपाधिका लागि रियल मड्रिड र लिभरपुल आउँदो मे २९ मा खेल्नेछन् ।लिभरपुल भिल्लारियललाई हराउँदै फाइनलमा पुगिसकेको छ ।

प्रतिक्रिया