निर्वाचन आयोगद्धारा मुख्यमन्त्री भट्टलाई २४ घन्टे स्पष्टीकरण

निर्वाचन आयोगद्धारा मुख्यमन्त्री  भट्टलाई २४ घन्टे स्पष्टीकरण

काठमाडौं : आचारसंहिता विपरीत अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगले सुदूर पश्चिम प्रदेस सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ ।

आयोगले भट्टलाई पत्र पठाई स्पष्टीकरण सोधिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । यस्तै आयोगले निर्वाचन आचारसंहिता विपरीत अभिव्यक्ति दिने निर्वाचन पर्यवेक्षण समिति नेपालका अध्यक्ष प्रदीप पोखरेललाई पनि स्पष्टीकरण सोधेको छ ।

प्रतिक्रिया