साताका ७ तस्विर

साताका ७ तस्विर

कर्णालीको राजधानी वीरेन्द्रनगर सुर्खेतको सडक छेउमा ढकमक्क फुलेको ‘गुलमोहर’ । गुलमोहर फूलले वीरेन्द्रनगर ढपक्क ढाकिएको छ । वीरेन्द्रनगरको कुहिनेपानी, चिसापानीलगायत क्षेत्रको सडक छेउमा फूलेको गुलमोहरले वीरेन्द्रनगरको सौन्दर्य समेत बढाएको हो । ढकमक्क फूलेको गुलमोहरको बोटमुनि बसेर धेरैले तस्बिर मात्रै खिच्ने होइन शीतलता पनि लिइरहेका छन् । तस्बिर : जितेन्द्र थापा ।

दैलेख : ज्वाला सन्देश प्रा.लि द्धारा सञ्चालित ज्वाला सन्देश अनलाइनले ‘साताका ७ तस्विर’ श्रृंखला नियमित सञ्चालन गरिरहेको छ । तस्विर मार्फत दैलेख जिल्ला सहित समग्र कर्णालीको ऐतिहासिक, प्राकृतिक, धार्मीक एवं पर्यटकीय स्थलहरुको प्रचार–प्रसारमा टेवा पु¥याउने हाम्रो उदेश्य हो । साथै आम नागरिकहरुको दैनिकीसँग जोडिएका तस्विरहरु पनि समावेश हुनेछन् ।

यो साता हामीले कर्णालीको राजधानी वीरेन्द्रनगर सुर्खेतको सडक छेउमा ढकमक्क फुलेको ‘गुलमोहर’ को तस्विरलाई प्रमुख प्राथमिकतामा राखेका छौ । यो तस्विर पत्रकार जितेन्द्र थापाले खिचेका हुन् । त्यसैगरी पञ्चकोशी तिर्थस्थलमा पर्ने श्रीस्थान मन्दिर क्षेत्रको खोलामा निर्माण गरिएको काठे पुल र मन्दिर क्षेत्र, यहि बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरि डुङ्गेश्वर गाउँपालिका–१ चुप्रामा जिल्ला निर्वाचन कार्यालयले आयोजना गरेको नमूना मतदातमा मतपेटिकामा मत खसाल्दै गरेकी महिला, स्थानीय तहको निर्वाचनमा खेतबारीमै पुगेर मतदातासँग मत माग्दै गरेको तस्विरलाई प्राथमिकता दिएका छौ ।

त्यस्तै मतदातासँगको सम्झौतापत्रमा सहीछाप गर्दै गरेका एमालेबाट भैरवी गाउँपालिकामा अध्यक्षको उम्मेदवार बनेका सर्वराज महताराको तस्विर पनि समावेश गरेका छौ । गाउँपालिकाका सचेत मतदाताले उम्मेदवार र आम नागरिकहरूको भेला गराई प्रतिबद्धतासहित ‘जनकरारपत्र’ मा औंठाछाप गर्न लगाएका छन् ।

पञ्चकोशी तिर्थस्थलमा पर्ने श्रीस्थान मन्दिर क्षेत्रको खोलामा निर्माण गरिएको काठे पुल र मन्दिर क्षेत्र । तस्विर : डा रञ्जना रोकाय ।

यहि बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरि डुङ्गेश्वर गाउँपालिका–१ चुप्रामा जिल्ला निर्वाचन कार्यालयले आयोजना गरेको नमूना मतदातमा मतपेटिकामा मत खसाल्दै एक महिला । तस्विर : हिक्मतबहादुर नेपाली

रामद घरेलु मदिरा नष्ट गर्दै नेपाल प्रहरी र स्थानीय । २०७९ बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनको बेलामा मादक पदार्थ सेवनबाट हुन सक्ने वादविवाद, झै–झगडा तथा शान्ति सुरक्षामा प्रतिकुल असर पर्न सक्ने सम्भावनालाई मध्यनजर प्रहरीले मदिरा नियन्त्रण गर्ने अभियान थालेको छ । तस्विर : ज्वाला सन्देश

मतदातासँगको सम्झौतापत्रमा सहीछाप गर्दै एमालेबाट भैरवी गाउँपालिकामा अध्यक्षको उम्मेदवार बनेका सर्वराज महतारा । गाउँपालिकाका सचेत मतदाताले उम्मेदवार र आम नागरिकहरूको भेला गराई प्रतिबद्धतासहित ‘जनकरारपत्र’ मा औंठाछाप गर्न लगाएका छन् । भ्रष्टाचार नगर्ने, जनता र स्थानीय तहको विकासमा प्रतिबद्ध रहेको भन्दै उम्मेदवारहरूले जनकरारपत्रमा सहीछाप गरेका हुन् ।

स्थानीय तहको निर्वाचनमा खेतबारीमै पुगेर मत माग्दै उम्मेदवार । यति बेला दैलेखका अधिकाँश क्षेत्रमा गहुँ भित्¥याउने समय हो । त्यस कारण पनि विभिन्न दलका उम्मेदवारहरु मत माग्न खेतबारीमै पुग्ने गरेका छन् । तस्विर : ज्वाला सन्देश ।

स्थानीय तह निर्वाचनलाई लक्षित गरी नेपाली काँग्रेसले चामुण्डाविन्द्रासैनी नगरपालिकाको जम्बुकाँधमा आयोजना गरेको चुनावी सभा । तस्विर : विशाल सुनार

प्रतिक्रिया