गाउँपालिकाले संचालन लोभलाग्दो काम बाख्रा फर्म

गाउँपालिकाले संचालन लोभलाग्दो काम बाख्रा फर्म

दैलेखको भगवतीमाई गाउँपालिकाद्धारा संचालित बाख्रा फर्म र बाख्रा चराउँदै हेरालु तस्बीर :जितेन्द्र थापा

दैलेख : जिल्लाको भगवतीमाइ गाउँपालिकाले व्यवसायिक कृषि, पशुपालन र पुधारलाई विशेष आधार बनाएर विकासको गतीमा लम्किदै गएको छ ।

गाउँपालिकाको सातवटै वडामा शिक्षा, स्वास्थ्य, सडक विकासमा तिब्रता दिदै अगाडी बढेको गाउँपालिका अध्यक्ष दान बहादुर थापा बताउँछन् ।

व्यवसायिक कृषि पशुपालनमा जोड दिएर गाउँपालिकाको आर्थिक स्तर उकास्नलाई पालिकाले आफ्नै लगानीमा बाख्रा फर्म संचालन गरेको छ । पशुपालनका लागि उपयुक्त रहेको भगवतीमाइ गाउँपालिका –१ पगनाथमा संचालन गरेको वडा अध्यक्ष मान बहादुर बुढाले बताए । गाउँपालिकाको आर्थिक उन्नतीको लागि गाउँपालिकाले कृषि र पशुपालनमा जोड दिदै आएको छ,’उनले भने, ‘कृषि पशुपालनको प्रचुर सम्भावना रहेको भगवतीमाइ १ मा बाख्रा फर्म संचालन गरिएको हो ।’

भगवतीमाइ गाउँपालिका १ को पगनाथमा एक करोडको लागतमा संचालन गरिएको छ । वडा अध्यक्ष मान बहादुर बढाका अनुसार कृषि पशुपालनलाई मुख्य प्राथमिकतामा राख्दै पालिकाको आर्थिक स्थिती उकास्न २०७७ देखि बाख्रा फर्म संचालन गरिएको थियो ।

गाउँपालिकाले बाख्रा फर्म संचालन गर्दा सुरुमा खरिजातको ५० वटा माउ बाख्रा चारवटा ठुलो बोका गाउँपालिकाले खरिद गरेको थियो । खोरमा अहिले एकसय १५ वटा बाख्रा रहेका छन् ।

तीनजनालाइ रोजगारी

पालिकाले संचालन गरेको बाख्रा फर्म रेखदेख गर्नको लागि पालिकाले तीनजनालाई रोजगारी समेत दिएको छ । बाख्राको रेखदेख गर्नको लागि दुइजना बाख्रा हेरालु, र एकजना पशु प्राविधिक राखेको छ । कृषि पशुपालनमा विशेष जोड दिदै गाउँमै तीनजनालाई रोजगारी पाउदा आफुहरु खुशि भएको प्राविधिक विमल थापा बताउँछन् ।

पालिकाले आफै बाख्रा फर्म संचालन गरेर एक उदाहरण पेश गरेको छ,’उनले भने, ‘बाख्राबाट राम्रै नाफा भइरहेको छ । बाख्रालाई दानापानी र औषधी दिएको महिनामा २० हजार भए पुग्छ ।’

दुइवटा खोरहरु बनाएर ५०/५० बाख्रा खरिद गरेर २०७७ मा खोरमा हालिएको थियो । सुरुमा हालिएका तिनै एकसय वटा बाख्राबाट उत्पादन भएका बाख्रा समुहबाट विक्रि वितरण गरेर गाउँपालिका नाफामा रहेको वडा अध्यक्ष बुढाले बताए ।

प्रतिक्रिया