दैलेखमा मादक पदार्थ विक्री वितरण र सेवनमा निषेध

दैलेख : दैलेखमा मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्न गराउन रोक लगाईएको छ । जिल्ला प्रशासन कार्यालय दैलेखले एक सूचना जारी गर्दै मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्न गराउन रोक लगाएको हो ।
प्रशासनले यहि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि बैशाख २७ गते राती १२ बजेदेखि मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्न गराउन रोक लगाएको हो । प्रमुख जिल्ला अधिकारीद्धारा हस्ताक्षरित सूचनामा निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्न गराउन रोक लगाईएको उल्लेख छ ।
निर्वाचन सुरक्षा व्यवस्थापन, २०७८ को दफा ६ (थ) बमोजिम मादक पदार्थ विक्री वितरण तथा सेवन गर्न र गराउन पूर्ण रुपमा निषेध गरिएको सूचनामा उल्ल्लेख छ । सूचनामा उल्ल्ेख भए अनुसारका विपरित कुनै पनि गतिविधि भए वा गरेको पाईएमा प्रचलित कानून बमोजिम कारवाही हुने समेत जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया