एमालेबाट आठबीस नगरको मेयरका उम्मेदवार बडुवाल चढ्ने गाडीमा आगजनी

एमालेबाट आठबीस नगरको मेयरका उम्मेदवार बडुवाल चढ्ने गाडीमा आगजनी

दैलेख : नेकपा एमालेबाट आठबीस नगरपालिका मेयर पदका उम्मेदवार तर्क बहादुर बडुवाल चढ्ने गाडीमा अज्ञात समुहले आगजनी गरेको छ । मेयर पदका उम्मेदवार बडुवालले चुनाव प्रचारमा प्रयोग गर्दै आएको गाडीमा अज्ञात समुहले आगजनी गरेको हो ।

बडुवाल चढ्ने बा १९ च ५५७९ नम्बरको स्कर्पियोमा गाडीमा अज्ञात समुले आगजनी गरेको हो । आठबीस नगरपालिका–४ राकमकर्णालीको खोली बजारस्थित सृष्टि होटेल अगाडी पार्क गरेर राखेको स्कर्पियोमा अज्ञात समुहले आगजनी गरेको बताइएको छ ।

पाकिङ्ग गरेर राखिएको स्कर्पियोमा रातको सवा ३ बजे अज्ञात समुहले आगजनी गरेको हुन सक्ने आठबीस नगरपालिका प्रमुखका उम्मेदवार तर्क बडुवालले सामाजिक संजाल फेसबुक स्टाटस राखेका छन् । आगजनी भएको समयमा गाडी चालक गाडीमै सुतिरहेको अवस्थामा आगजनी भएको थियो । गाडीको दायाँतिरको भाग जलेको छ भने मानविय क्षति भने भएको   छैन् ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक नरेश विकले स्कर्पियो गाडीको पछाडी पट्टीको दाँया टायरको बाहिरी भाग जलेको बताए । गाडीमा अन्य कुनै क्षती नभएको र थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक विकले बताए । अहिले उक्त स्थानमा प्रहरी निरीक्षक सुरज खड्काको नेतृत्वमा प्रहरी टोली खटिएको प्रहरी निरीक्षक विकले बताए ।

प्रतिक्रिया