स्थानीय तह निर्वाचनको सोसेक नेपालले पर्यवेक्षण गर्ने

स्थानीय तह निर्वाचनको सोसेक नेपालले पर्यवेक्षण गर्ने

दैलेख : सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले आसन्न वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको पर्यवेक्षण गर्ने भएको छ । निर्वाचन आयोगले संस्थालाई स्थानीय तह निर्वाचनको पर्यवेक्षण अनुमती दिएको हो । सोसेकले स्थानीय तह निर्वाचनको निर्वाचन पूर्व, निर्वाचन अवधि र निर्वाचन पश्चात् समेत गरी तीन चरणमा अनुगमन गर्ने भएको हो ।

संस्थाका अध्यक्ष हीरासिंह थापाले कर्णाली, सुदुरपश्चिम प्रदेश सहितका जिल्लाका मतदान केन्द्रमा पुगेर निर्वाचन पर्यवेक्षण गर्नेछ । संस्थाले ५१ जना पर्यवेक्षक पर्यवेक्षणका लागि खटाएको अध्यक्ष थापाले जानकारी दिए । स्थानीय तह निर्वाचन पर्यवेक्षण संस्था सोसेकका अध्यक्ष थापाले अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, सुत्केरी, गर्भवतीलगायत असक्त असहाय मतदातालाई मतदान केन्द्रसम्म पुगी सहज र निर्वाध रूपमा मतदान गर्ने व्यवस्था मिलाउन पनि अनुरोध गरेको छ । संस्थाले दलहरुलाई निर्वाचन गतिविधिमा बालबालिका प्रयोग नगर्न समेत आग्रह गरेको छ ।

सोसेकले मतदान केन्द्रको उपयुक्तता, मतदान केन्द्रको सुरक्षा प्रबन्ध, सुरक्षाकर्मी परिचालन तथा व्यवस्थापन, मतदाता शिक्षा, निर्वाचन प्रचार–प्रसारमा बालबालिकाको प्रयोग, आचारसंहिताको पालना, निर्वाचन प्रचारप्रसारको क्रममा हुनसक्ने हिंसात्मक गतिविधि लगाएतका क्षेत्रमा अनुगमन गर्नेछ ।

प्रतिक्रिया