जनप्रतिनीधिसँग युवा कार्यक्रमका लागि छानिए च्यामपिएन

जनप्रतिनीधिसँग युवा कार्यक्रमका लागि छानिए च्यामपिएन

दैलेख : दायित्व नेपाल जनप्रशासन फेलो अन्तरगर्त जनप्रतिनीधिसँग युवा कार्यक्रमका लागि च्यामपिएन छानिएका छन् । ‘स्थानीय सरकारसँग युवा : समृद्धिको आधार युवा’ भन्ने नारासहित जनप्रतिनीधिसँग युवा कार्यक्रमका लागि च्यामपिएन छनौट गरिएको हो । सविना विक, हिक्मतबहादुर नेपाली, श्याम बिसी, लोकेश गिरी र जीतबहादुर जिसीलाई च्यामपिएन छनौट गरिएको छ । दायित्व नेपाल जनप्रशासन फोलोसीप अनुसन्धान सम्बन्धी सवालमा नागरिक समाज संस्थाहरुको उपस्थितीमा भएको बैठकले पाँच जना च्यामपिएन छानेको हो । यी पाँच जना च्यामपिएनलाई जनप्रशासन फोलो संगिता रानाले नेतृत्व गर्ने बताईएको छ ।

दायित्वले २०७१ सालदेखि विभिन्न सरकारी संस्थाको सहकार्यमा सार्वजनिक नीति फेलोशिप संचालन गर्दै आइरहेको छ । हालसम्म संघ, प्रदेश र स्थानीय तहमा १४१ जना फेलोहरु परिचालित गरी ५१ सरकारी संस्था र २४ जना सांसदलाई उद्यमशिलता र रोजगारको क्षेत्र सम्बन्धित नीतिगत अनुसन्धानमा टेवा र्पुयाएका छौं । युवा रोजगार सम्बन्धित नीतिको अनुसन्धान र कार्यान्वयनमा सरकारका विभिन्न निकायलाई सहयोगको उद्देश्यले दायित्वले ‘युवा आज कार्यक्रम’ २०७६÷७७ मा सम्पन्न गरेको थियो । जस अन्तर्गत लुम्बिनी प्रदेश र प्रदेश नं २ का विभिन्न मन्त्रालय र पालिकाहरुमा १५ जना जनप्रशासन फेलोहरुलाई ४ महिनासम्म परिचालन गरिएको थियो ।

त्यसै गरी दायित्वले २०७८ मा अमेरिकी सहयोग नियोग युएसएआइडीको नागरिक समाजः पारस्परिक जवाफदेहिता परियोजना र विभिन्न स्थानीय संघसंस्थाहरुसंगको साझेदारीमा दायित्व नेपाल जनप्रशासन फेलोशिप ५ प्रदेशका ११ वटा स्थानीय तहमा १५ जना फेलोहरु परिचालन गरि सम्पन्न गरेको थियो । यस पटक पनि सोही संघसंस्थाहरुको सहकार्यमा दायित्व नेपाल जनप्रशासन फेलोशिप २०७८÷७९ अन्तगर्त विभिन्न २३ वटा पालिकाहरुमा संचालन भएको छ ।

जनप्रशासन फेलोशिप परियोजनाद्वारा विशेष गरी स्थानीय सरकारलाई कृषि, उद्यमशिलता, रोजगार, आर्थिक सबलिकरण र जीविकोपार्जन, सुशासन जस्ता क्षेत्रहरुमा स्थानीय नीतिको कार्यान्वयनमा सहयोग गर्न र स्थानीय नीति निर्माणको लागि अनुसन्धान गर्न युवाहरुलाई ४ महिनाको लागि परिचालन गरिएको छ ।

फेलोशिप कार्यक्रम अन्तर्गत नारायण नगरपालिकामा स्थानीय नीति निर्माणको लागि अनुसन्धान भईरहेको जनप्रशासन फोलो संगिता रानाले बताइन् । नगरपालिकामा ग्रामिण उद्यमशीलता प्रवद्र्धनको लागि संचालन गरिएका गतिविधिको अध्ययन समेत भईरहेको रानाले बताइन् ।

प्रतिक्रिया