दैलेखमा नौमूलेबाट काँग्रेसको विजयी सुरुवात, नाैमूले १ काे वडाध्यक्षमा थापामगर विजयी

दैलेखमा नौमूलेबाट काँग्रेसको विजयी सुरुवात, नाैमूले १ काे वडाध्यक्षमा थापामगर विजयी

दैलेख : नयाँ संविधान जारी भएपछि दोस्रो पटक भएको स्थानीय तहको निर्वाचन अन्तरगर्त शुक्रवार भएको मतदानको मतपरिणाम सार्वजनिक हुन थालेको छ । शुक्रवार रातीबाट सुरु भएको मत गणनाको अन्तिम नतिजा सार्वजनिक हुन थालेको हो ।

दैलेखको नौमूले गाउँपालिका–१ को वडाध्यक्षमा रुपेशकुमार थापामगर विजयी भएका छन् । उनले चार सय मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका नामाखर शर्माले ३ सय ८६ मत प्राप्त गरेका छन् । यस्तै एकीकृत समाजवादीका हरिबहादुर थापामगरले ३ सय मत प्राप्त गरेका छन् ।
वडा सदस्यमा नेपाली काँग्रेसकै लालबहादुर हमाल र भुवन शाही विजयी भएका छन् । महिला सदस्यमा नेकपा एमालेकी करिमा सुनार विजयी भएकी छन् । दलित महिला सदस्यमा नरमा सुनार विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यो संगै नेपाली काँग्रेसले दैलेखमा विजयी सुरुवात गरेको छ ।

 

प्रतिक्रिया