डुङ्गेश्वर गाउँपालिकामा काँग्रेसको अग्रता
दैलेख : दैलेखको डुङ्गेश्वर गाउँपालिकामा शुक्रबार रातिदेखि मतगणना सुरु भएको छ । अहिलेसम्म भएको एक हजार ३० मतगणनामा नेपाली काँग्रेसले अग्रता लिएको छ । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार काँग्रेसबाट अध्यक्षका उम्मेदवार नगेन्द्रबहादुर मल्लले ५ सय ५५ मत प्राप्त गरेका छन् । मल्ल गाउँपालिकाका निवर्तमान अध्यक्ष समेत हुन् ।
नेकपा एमालेबाट अध्यक्षका उम्मेदवार सुन्दरकुमार केसीले ४ सय २४ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा पनि नेपाली काँग्रेसकै उम्मेदवारले अग्रता लिएकी छन् । नेपाली काँग्रेसबाट उपाध्यक्षका उम्मेदवार एलिजा थापाले ५ सय ५३ मत प्राप्त गरे गरेकी छन् । यस्तै नेकपा एमालेको तर्फबाट उपाध्यक्षका उम्मेदवार कलावती न्यौपानेले ४ सय ३१ मत पाएकी छन् ।
अहिले वडा नं. १ को मत गणना भईरहेको छ । वडाध्यक्षका उम्मेदवार नेकपा माओवादी केन्द्रका श्याम रानाले ५ सय ७९ मत सहित अग्रता लिएका छन् भने एमालेका लोकबहादुर डांगीले ४ सय ३८ मत प्राप्त गरेका छन् । वडा नं. १ मा खसेको मध्ये अब ३ सय ३० मत गन्न बाँकी रहेको बताईएको छ ।
प्रतिक्रिया