नारायण नगरपालिकाको मतगणना सुरु

नारायण नगरपालिकाको मतगणना सुरु

दैलेख : दैलेखको नारायण नगरपालिकाको मतगणना सुरु भएको छ । सुरुमा नारायण नगरपालिका वडा नं १ बाट मतगणना सुरु गरिएको हो । जिल्ला सदरमुकामस्थित जिल्ला अदालतमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मत गणना सुरु भएको हो ।

जिल्लाको नारायण नगरपालिकामा ६८ दशमलव ५ प्रतिशत मत खसेको छ । यहाँ कुल मतदाताको संख्या १७ हजार ६ सय ६७ जना छ । त्यसमध्ये १२ हजार २ सय ४७ मत खसेको हो ।

नगरमा एमालेबाट मेयरका लागि लोमन शर्मा र उपमेयरमा तप्ता थापा, नेपाली काँग्रेस र एकीकृत समाजवादीको गठबन्धनबाट मेयरमा काँग्रेसकी निर्मला कुमारी खड्का र उपमेयरमा एकीकृत समाजवादीकी सावित्री मल्ल उम्मेदवार छन् ।

प्रतिक्रिया