नौमूले गाउँपालिकामा काँग्रेस अघिअघि, एमाले पछिपछि

नौमूले गाउँपालिकामा काँग्रेस अघिअघि, एमाले पछिपछि

दैलेख : दैलेखको नौमूले गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसले अग्रता लिएको छ । वडा नं. १ को मत गणना सकिएको छ । उक्त वडामा नेपाली काँग्रेसका उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन् । अहिले वडा नं. २ को मत गणना भईरहेको छ ।

वडा नंं. २ को ८०० मत गणना हुँदा काँग्रेसबाट अध्यक्षका उम्मेदवार भदे बुढा मगरले ६९३ मत सहित अग्रता लिएका छन् । एमालेबाट अध्यक्षका उम्मेदवार शशिराम विश्वकर्मा ६७५ मत सहित दोस्रो स्थानमा छन् । काँग्रेसबाट उपाध्यक्षका उम्मेदवार अमृता सिंहले ७२० पाउँदा र एमालेबाट उपाध्यक्षका उम्मेदवार गिता चन्दले ५३३ मत प्राप्त गरेका छन् ।

नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको गठबन्धनबाट अध्यक्षका उम्मेदवार माओवादी केन्द्रका छविराम सुवेदीले ४ सय ८२ मत पाएका छन् । गठबन्धनबाट उपाध्यक्षका उम्मेदवार गंगबहादुर शाहीले ४ सय ७५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया