महाबु गाउँपालिका–१ मा एमालेको प्यानल नै विजयी

महाबु गाउँपालिका–१ मा एमालेको प्यानल नै विजयी

दैलेख : दैलेखको महाबु गाउँपालिका–१ को वडाध्यक्षमा सर्वराज सार्की विजयी भएका छन् । नेकपा एमालेबाट उम्मेदवार बनेका सार्की ६९२ मत सहित विजयी भएका हुन् । नेपाली काँग्रेसका सुर्यराम सांवदलाई ५६ मतले पराजित भएका हुन् ।

सांवदले ६ सय ३६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उक्त वडामा नेकपा माओवादी केन्द्रले ४४ मत पाएको छ ।

महिला सदस्यमा एमालेकै सरस्वती रोकाय विजयी भएकी छन् । यस्तै दलित महिला सदस्यमा हरिकला सुनार निर्वाचित भएकी हुन् । त्यसैगरी सदस्यहरुमा जयबहादुर गुरुङ्ग र बल बहादुर बयक विजयी भएका छन् ।

प्रतिक्रिया