गुराँस गाउँपालिका–१ मा काँग्रेस विजयी, गाउँपालिकामा काँग्रेसको अग्रता

गुराँस गाउँपालिका–१ मा काँग्रेस विजयी, गाउँपालिकामा काँग्रेसको अग्रता

दैलेख : जिल्लाको गुराँस गाउँपालिका–१ मा नेपाली काँग्रेस विजयी भएको छ । वडामा नेपाली काँग्रेसबाट वडाध्यक्षका उम्मेदवार धर्मबहादुर रावलको प्यानल विजयी भएको हो । रावल ५ सय ९५ मत सहित विजयी भएका हुन् । उनले नेकपा एमालेका जंगबहादुर महत्तम क्षेत्रीलाई पराजित गरेका हुन् । एमालेका क्षेत्रीले ३३९ मत प्राप्त गरेका छन् ।

गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा पनि नेपाली काँग्रेसले नै अग्रता लिएको छ । १ नं. वडाको मत गणना सकिँदा नेपाली काँग्रेसबाट अध्यक्षका उम्मेदवार खेमराज ओलीले ५६४ मत प्राप्त गरेका छन् । नेकपा एमालेबाट अध्यक्षका उम्मेदवार टोपबहादुर बिसीले ३४९ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा काँग्रेसकी दिपा बिसीले ५१९ र एमालेकी शिवा कुमारी खड्काले ४०५ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया