नौमूले गाउँपालिका–२ मा पनि काँग्रेस विजयी

नौमूले गाउँपालिका–२ मा पनि काँग्रेस विजयी

दैलेख : दैलेखको नौमूले गाउँपालिका–२ मा पनि नेपाली काँग्रेसले जीत हात पारेको छ । काँग्रेसबाट वडाध्यक्षका उम्मेदवार दुर्गप्रसाद शर्मा ४८२ मत सहित विजयी भएका हुन् । वडामा काँग्रेसका शर्मा सहित प्यानल नै विजयी भएको हो ।

उक्त वडामा नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदवार खगेन्द्रबहादुर सिंह ठकुरीले ४०५ र नेकपा माओवादीका पदमबहादुर गिरीले ३११ मत प्राप्त गरेका छन् । यसअघि वडा नं. १ मा पनि काँग्रेसबाट वडाध्यक्षका उम्मेदवार रुपेश थापामगर विजयी भएका थिए ।

प्रतिक्रिया