डुङ्गेश्वर गाउँपालिका ३ र ४ मा एमाले विजयी

डुङ्गेश्वर गाउँपालिका ३ र ४ मा एमाले विजयी

दैलेख : नेकपा एमालेले दैलेखको डुङ्गेश्वर गाउँपालिका–३ र ४ मा नेपाली काँग्रेसको गढ तोडेको छ । संविधान जारी भएपछि पहिलो पटक २०७४ मा भएको स्थानीय तह निर्वाचनमा काँग्रेसले जीत हात पारेको यी दुई वटा वडामा अहिले एमाले विजयी भएको हो ।

प्राप्त मत परिणाम अनुसार डुङ्गेश्वर गाउँपालिका–३ को वडाध्यक्षमा कृष्णबहादुर खत्री विजयी भएका छन् । उनले नेपाली काँग्रेसका उदयराम न्यौपानलेलाई पराजित गरे ।

यस्तै डुङ्गेश्वर गाउँपालिका–४ मा पनि एमालेका नगेन्द्रबहादुर बुढा निर्वाचित भएका छन् । एमालेका बुढाले काँग्रेसका खगेन्द्रबहादुर थापालाई २४ मतले पराजित परेका हुने । वडाध्यक्षमा निर्वाचित बुढाले ५०५ मत पाउँदा काँग्रेसका थापाले ४८१ मत पाएका थिए ।

प्रतिक्रिया