दैलेखको भैरवी-४ मा स्वतन्त्र उम्मेदवार विजयी

दैलेखको भैरवी-४ मा स्वतन्त्र उम्मेदवार विजयी

दैलेख : भैरवी गाउँपालिका-४ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। स्वतन्त्र उम्मेदवार रहेका चक्र प्रसाद शर्माले ५८० सय मत प्राप्त गर्दै विजयी भएका भैरवीका निर्वाचन अधिकृत चन्द्रदेव भारतीले बताए। नेपाली कांग्रेसका कमल बहादुर थापाले ४३८ र माओवादी केन्द्रका दीपक विकले ७१ मत प्राप्त गर्दै पराजित भएका छन्।

यस्तै, भैरवी गाउँपालिकाको अध्यक्षमा एमालेको अग्रता कायम रहेको छ। एमालेबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार सर्वराज महताराले २६२९ मत ल्याउँदै अग्रता कायम गरेका छन्। भैरवी अध्यक्षमा कांग्रेसका उम्मेदवार रिता कुमारी हासिले अहिलेसम्म २४३८ मत प्राप्त गरेको जनाइएको छ।

उपप्रमुखमा कांग्रेसले अग्रता कायम गरेको छ। कांग्रेसबाट उपप्रमुखका उम्मेदवार देवी भण्डारीले २५६५ मत प्राप्त गर्दै अग्रता कायम गरेकी छन्। भैरवीमा एमालेबाट उपप्रमुख पदका उम्मेदवार पदम

प्रतिक्रिया