गुराँस गाउँपालिका ५ मा पनि एमालेको प्यानल विजयी

गुराँस गाउँपालिका ५ मा पनि एमालेको प्यानल विजयी

दैलेख : दैलेखको गुराँस गाउँपालिका–५ को वडाध्यक्षमा एमालेका भुपेन्द्रबहादुर चन्द विजयी भएका छन् । वडामा एमालेका वडाध्यक्षसहित वडासदस्यका उम्मेदवारहरु विजयी भएका हुन् । वडाध्यक्षमा निर्वाचित चन्दले ७९० मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका देवबहादुर रिजालले ६५८ मत प्राप्त गरेका छन् । एमालेले यो वडामा चारै जना वडा सदस्यमा जीत हात पारेको छ ।

प्रतिक्रिया