महाबु गाउँपालिकामा काँग्रेसको अग्रता

महाबु गाउँपालिकामा काँग्रेसको अग्रता

दैलेख : दैलेखको महाबु गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । नेपाली काँग्रेसबाट अध्यक्षका उम्मेदवार लछुमन गुरुङ्गले २४२० मत प्राप्त गर्दै अग्रस्थानमा छन् । एमालेबाट अध्यक्षका उम्मेदवार हरिप्रसाद उपाध्यायले २१०८ मत प्राप्त गर्दै दोस्रो स्थानमा छन् ।

यस्तै नेकपा एकीकृत समाजवादी पार्टीका जंगबहादुर शाही १०५७ मत सहित तेस्रो स्थानमा छन् । उनि निवर्तमान अध्यक्ष हुन् । संविधान जारी भएपछि पहिलो पटक भएको स्थानीय तह निर्वाचनमा एमालेबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका शाही एमाले फुट्दा एकीकृत समाजवादी पार्टीमा लागेका थिए ।

गाउँपालिकाको उपाध्यक्षमा पनि नेपाली काँग्रेसकै मञ्जु पाण्डे २४५६ मत सहित अग्रस्थामा छिन् । नेकपा एमालेकी दुर्गाकुमारी सिंह १८६० मत सहित दोस्रो स्थानमा छिन भने एकीकृत समाजवादी पार्टीबाट उपाध्यक्षका उम्मेदवार पुण्यप्रभा दशौदी ११९६ मतमा सिमित छिन् ।

महाबु गाउँपालिकाको हालसम्म वडा नं. १, २, ३ र ६ वडाको मत गणना भईसकेको छ । अब वडा नंं ४ र ५ को मत गणना गर्न बाँकी छ ।

प्रतिक्रिया