डोल्पाको ठुलोभेरीमा काँग्रेसका बुढा निर्वाचित

डोल्पाको ठुलोभेरीमा काँग्रेसका बुढा निर्वाचित

डोल्पा । डोल्पाको ठुलोभेरी नगरपालिकामा नेपाली काँग्रेसका स्वर्णबहादुर बुढाले प्रमुखमा १ हजार २८६ भोट ल्याएर निर्वाचित भएका छन् ।

उनका निकटतम प्रतिद्धन्द्धि नेकपा एकीकृत समाजवादीका कर्णबहादुर रोकाया ९४५ भोट पाएका छन् । उपप्रमुखमा पनि काँग्रेसकै छिरिङ टोल्मा महतले ८४८ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका प्रतिद्धन्द्धि राप्रपाका निर्मल कुमार भण्डारीले ६८६ भोट ल्याएर पराजित भएको त्यहाँका निर्वाचन अधिकृत केशवराज चपाइँले जानकारी दिए ।

प्रतिक्रिया