काँग्रेस केन्द्रीय सदस्य रानाको गृह पालिका : काँग्रेसबाट दुवै पदमा महिला निर्वाचित

काँग्रेस केन्द्रीय सदस्य रानाको गृह पालिका : काँग्रेसबाट दुवै पदमा महिला निर्वाचित

भैरबी गाउँपालिकामा नेपाली काँग्रेसबाट निर्वाचित अध्यक्ष रिता शाही र उपाध्यक्ष देवी भण्डारीलाई बधाई ज्ञापन गर्दैै काँग्रेस केन्द्रीय सदस्य सीताकुमारी राना । तस्विर : ज्वाला संदेश ।

दैलेख : नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट काँग्रेस नेतृ सीताकुमारी राना केन्द्रीय सदस्यमा निर्वाचित भइन् । उनि काँग्रेसको इतिहासमा दैलेखबाट काँग्रेस केन्द्रीय कार्यसमितिमा निर्वाचित हुने पहिलो नेता हुन् । काँग्रेसको केन्द्रीय महाधिवेशन सकिएको दुई महिनापछि सरकारले स्थानीय तहको निर्वाचन घोषणा ग¥यो ।

सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेपछि उनको सक्रियता बढ्यो । त्यसबीचमा काँग्रेसले ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान थाल्यो । अभियानका लागि केन्द्रीय कार्यसमितिले रानालाई सुदुरपश्चिम प्रदेशको अछाम जिल्लामा खटायो । अभियान अन्तरगर्त अछामका विभिन्न स्थानीय तहमा भएका कार्यक्रममा सक्रिय भूमिका निर्वाह गरेकी रानाको सक्रियता दैलेखमा पनि कम थिएन् ।

राना काँग्रेस केन्द्रीय सदस्य भएका नाताले पनि स्थानीय तहको निर्वाचनमा आफ्नो गृह पालिकामा काँग्रेसका उम्मेदवारहरुलाई विजयी गराउनुपर्ने दवाव उनमा थियो । सोहि अनुरुप केन्द्रीय सदस्य राना चुनावी अभियान होमिइन् ।

त्यसकै परिणाम, बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा केन्द्रीय सदस्य रानाको गृह पालिकामा काँग्रेस विजयी भएको छ । उनको गृह पालिका भैरबी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा महिला नै निर्वाचित भएका छन् ।

गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका हुन् । काँग्रेसले यो गाउँपालिकामा २ वटा वडा जीत्न सफल भएको छ । नयाँ संविधान जारी भएपछि पहिलो पटक भएको स्थानीय तह निर्वाचन २०७४ मा नेकपा एमालेले जीतेको यो गाउँपालिकामा अहिले नेपाली काँग्रेसले जितेको हो ।

गाउँपालिकाको अध्यक्षमा काँग्रेसकी रिता शाही निर्वाचित भएकी छन् । उनले ३९७६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निकटतम् प्रतिद्धन्द्धी नेकपा एमालेका सर्वराज महताराले ३९६० मत पाए । महतारा निवर्तमान जिल्ला समन्वय समितिका सदस्य हुन् । गाउँपालिकाको अध्यक्षमा निर्वाचित शाही नेपाली काँग्रेस दैलेखको उपसभापति हुन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा भैरबी गाउँपालिका–३ को वडाध्यक्षमा निर्वाचित देवी भण्डारी अहिले उपाध्यक्षमा निर्वाचित भएकी छन् । काँग्रेसबाट उपाध्यक्षमा निर्वाचित भण्डारी २०७४ को स्थानीय तह निर्वाचनमा निर्वाचित हुने दैलेखको ९० वडामै एक्लो हुन् । उनी ३३७४ मतसहित गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।

निकटतम् प्रतिद्धन्द्धी नेकपा एमालेका पदमकुमारी विस्टले ३२२७ मत पाइन् । विस्ट २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । यो गाउँपालिकामा चार वटा वडामा एमाले, दुई वटामा काँग्रेस र १ वटामा स्वतन्त्र उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन् । यो पालिका नेकपा एमालेका केन्द्रीय सदस्य एवं केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालको समेत गृह पालिका हो ।

प्रतिक्रिया