दैलेखको ठाटीकाँध गाउँपालिकाको अध्यक्षमा काँग्रेस, उपाध्यक्षमा एमाले विजयी

दैलेखको ठाटीकाँध गाउँपालिकाको अध्यक्षमा काँग्रेस, उपाध्यक्षमा एमाले विजयी

दैलेख : दैलेखको ठाटीकाँध गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका रक्षबहादुर शाह विजयी भएका हुन् । उनि २५७१ मत सहित विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । काँग्र्रेसका रक्षबहादुर शाहले एमालेकी लक्ष्मीदेवी शाहलाई २९२ मतान्तरले पराजित गरे । एमालेकी शाहले २२७९ मत प्राप्त गरिन् । अध्यक्षमा पराजित एमालेकी शाह जिल्ला समन्वय समितिका निवर्तमान उपप्रमुख हुन् ।

२०७४ को स्थानीय तहको निर्वाचनमा एमालेले जीतेको यो गाउँपालिकाले यो पटक काँग्रेसले जीत हात पारेको हो । २०७४ मा काँग्रेसका रक्षबहादुर शाह एमालेका धीरबहादुर शाहीसँग अध्यक्षमा पराजित भएका थिए । यो गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उमेशकुमार रावत १६१७ मतसहित तेस्रो स्थानमा रहे ।

एमालेले गाउँपालिका उपाध्यक्ष भने जीत हात पारेको छ । उपाध्यक्षमा एमालेका देवीराम बडुवाल निर्वाचित भएका छन् । उनि २६९५ मत सहित उपाध्यक्षमा निर्वाचित भएका हुन् । बडुवालले नेपाली काँग्रेसकी भद्राकुमारी शाहीलाई २७९ मतले पराजित गरे । काँग्रेसकी शाहीले २४१६ मत प्राप्त गरिन् । यो गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट उपाध्यक्ष पदका उम्मेदवार विजुकुमारी थापा रोकाय १०५७ मतमा सिमित भइन् ।

६ वटा वडाहरु रहेको यो गाउँपालिकामा चारमा नेपाली काँग्रेस र २ वटा वडामा नेकपा एमालेका उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार ठाटीकाँध गाउँपालिका–१ मा नेपाली काँग्रेसका चक्र कामी, २ मा एमालेका प्रेमबहादुर मगर, ३ मा काँग्रेसका भरतबहादुर बम, ४ मा नेपाली काँग्रेसका केहेर सिंह कठाययत, ५ मा नेकपा एमालेका लालबहादुर शाही र ६ मा नेपाली काँग्रेसका जोरासिंह रोकाय क्षेत्री वडाध्यक्षमा निर्वाचित भएका छन् ।

प्रतिक्रिया