पञ्चदेवल विनायक नगरपालिका प्रमुखमा अम्बिका चलाउने निर्वाचित

पञ्चदेवल विनायक नगरपालिका प्रमुखमा अम्बिका चलाउने निर्वाचित

अछाम : पञ्चदेवल बिनायक नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार अम्बिका चलाउने विजयी भएकी छन्। जिल्लाको १० पालिकामध्ये एक पालिका प्रमुखमा महिला उम्मेदवार विजयी भएकी छन्।  नगरपालिकाको प्रमुखमा निर्वाचित उनी कांग्रेस सुदूरश्चिम प्रदेशका सहमहामन्त्री समेत हुन्। उनी ३ हजार ६५३ मतसहित विजयी भएकी हुन्। ०७४ को निर्वाचनमा चलाउने उपप्रमुखमा विजयी भएकी थिइन्। चलाउनेका निकटतम प्रतिद्वन्द्वी माओवादीका रामबहादुर बिकले ३ हजार १७२ मत प्राप्त गरेका छन्।

त्यसैगरी एमालेका नन्दबहादुर कडायतले २ हजार ६९७ मत पाएका छन्। समाजवादीका योगेन्द्रबहादुर बिष्टले ६९२ मत रस्वतन्त्र गायक टंक तिमिल्सैनाले १५४ मत पाएका छन्।

कक्षा ८ मा पढ्दै गर्दा १४ वर्षको उमेरमा चलाउनेले नेबि संघबाट राजनीति थालेकी हुन्। उनी  २०६३ मा नेबिसङ जिल्ला सदस्य बनेकी थिइन्। चलाउने ०६५ मा पन्चदेवलक्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएकी थिइन्। उनी पार्टीको १२ औं र १३ औं जिल्ला अधिवेसनबाट महासमिति सदस्यमा र ०७८ मा पार्टीको सुदूरपश्चिम प्रदेशको सहमहामत्रीमा विजयी भइन्।

नगरपालिकाको उपप्रमुखमा कांग्रेसका हर्कबहादुर रावल ४ हजार १८८ मतसहित विजयी भएका छन्। रावलका निकटतम प्रतिद्वन्द्वी माओवादीका रिता रावलले २ जार ६१८ मत प्राप्त गरिन्। एमालेका राजु सञ्ज्यालले १ हजार २ मत प्राप्त गरेका छन्।

९ वडा रहेको पञ्चदेवलमा ६ कांग्रेस, १ नेकपा एमाले, १ समाजवादी र १ माओवादीले जितेका छन्। वडा नं १ मा कांग्रेसका दुर्गाप्रसाद तिमिल्सैना, वडा नं २ मा समाजवादीका कृपाबहादुर  धामी , वडा नं ३ मा एमालेका बजिर शाही , वडा नं ४ मा कांग्रेसका हर्कबहादुर बडुवाल, वडा नं ५ मा माओवादी केन्द्रका हेमबहादुर शाही , वडा नं ६ मा काग्रेसका कमल रावल, वडा नं ७ कांग्रेसका सुरत रावल , वडा नं ८ मा कांग्रेसका छत्रबहादुर शाही र वडा नं ९ मा कांग्रेसका रामप्रसाद जैसीले जितेका छन्।

प्रतिक्रिया