एमाले दैलेखका उपसचिवले दिए राजीनामा

एमाले दैलेखका उपसचिवले दिए राजीनामा

दैलेख : नेकपा एमाले दैलेखका उपसचिव गंगाराम दाहालले पदबाट राजीनामा दिएका छन् । एमाले दैलेखको ७ औँ जिल्ला अधिवेशनबाट उपसचिवमा निर्वाचित भएका दाहालले स्थानीय तह निर्वाचनमा दुल्लु नगरपालिकामा एमालेलाई विजय गराउन असफल भएको भन्दै राजीनामा दिएका हुन् । उनले एमाले दैलेखका अध्यक्षलाई बुझाएको राजीनामा पत्रमा भनिएको छ ‘दुल्लु नगरको मुल नेतृत्व र विगतको वडाहरुको विजयलाई काम राख्न असफल भइयो, त्यसका पछाडी धेरै कारण रहँदा रहँदै पार्टी भित्रका केहि अराजक र प्रणाली विरोधी झुण्डहरुले निर्वाचन हार्नुका वास्तविक कारणहरु भन्दा पनि व्यक्तिगत चरित्र हत्या परि भोलीका निर्वाचनमा निषेध गर्नका लागि परिएको प्रपन्चसहि नगर कमिटिले बनाएको छानविन समितिलाई विधिभित्र रहि स्वच्छ र निस्पक्ष छानविन गर्दै विधि र प्रक्रियाले अफ्ठेरो नपरोस् भनी नैतिक हिसावले पार्टीको कुनै पनि पद र जिम्मेवारीमा नरहने घोषणा सहित राजीनामा पेश गरेको छु ।’

प्रतिक्रिया