हुम्लामा झाडापखाला र निमोनियाका विरामी बढे

हुम्लामा झाडापखाला र निमोनियाका विरामी बढे

सिमकोट : हुम्लामा झाडापखालाका विरामी बढेका छन् । हुम्लाको एक मात्रै जिल्ला अस्पताल सिमकोटमा केही दिन यता झाडापखालाका विरामी बढेका छन्।

एक साता यता जिल्ला अस्पतालमा निमोनिया र झाडा पखालाका बिरामी उपचारका लागि बढी पुग्ने गरेको बताइएको छ । उपचारका लागी आउने यि विरामी मध्ये बालबालिकाको सङ्ख्या वृद्धि भएको जिल्ला अस्पताल हुम्लाले जानकारी दिएको छ ।

सिमकोट गाउँपालिका र सदरमुकामवासी सहित आसपासका क्षेत्रबाट उपचारका लागी बालबालिका, वृद्धवृद्धाका साथै अन्य नागरीक दैनिक संख्या उच्च रहेको जानकारी प्राप्त भएको छ । मौसम परिवर्तनका साथै पछिल्लो सयम जिल्लामा काचा फलफुल खानेसमय भएकाले विरामीको संख्या बढेको स्वास्थ्य सेवा कार्यालय हुम्लाले बताएकोम छ ।

निमोनियाका विरामीको संख्या धेरै

निमोनियाका विरामी उपचारका लागी बढी आउने गरेको जिल्ला अस्पतालका सिनियर अनमी सरीता बोहराको भनाई छ । निमोनियाका साथै ज्वरो आउने, स्वासप्रस्वासमा समस्या बढी भएका विरामी जिल्ला अस्पतालमा भर्ना हुने गरेको बोहराले जानकारी दिए।

१५ शैया रहेको जिल्ला अस्पतालमा पछिल्लो केही दिन यता बालबालिकाको सङ्ख्या ह्वात्तै बढेको पछि १३ जना बालबालिकालाई जिल्ला अस्पतालमा भर्ना गरिएको सिनियर अनमी बोहराले बताइन् ।

अस्पतालमा भर्ना भएका बिरामी बालबालिका मध्य सात जनालाई श्वास प्रस्वासमा समस्या देखिएपछि अक्सिजन दिएर राखिएको छ । निमोनियाकै कारण एक जना बालिकाको मृत्युु भएको र एक जनाको स्वास्थ्य जटिल रहेको छ ।

बिरामी बालबालिका तीन वर्ष मुनीका रहेका छन् । भने सिमकोट गाउँपालिका भरिबाट दैनिक ३० भन्दा बढी बालबालिका निमोनिया र झाडा पखालाका बिरामी आउने गरेको उनको भनार्इृ छ । बिरामी बालबालिका बढेपछि अस्पतालका शैययाहरु बिरामी र कुुरुवा आमाले भरि भराउ भएका छन् ।

विरामीले जहाज पाउनै मुस्किल

यस्तै जिल्ला अस्पतालमा उपचार हुन नसकेका विभिन्न किसिमका पाँच जना जटिल विरामीलाई थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको जानकारी प्राप्त भएको छ । जिल्ला अस्पतालबाट जिल्ला बाहिर थप उपचारका लागि रिफर भएका विरामीले जहाज पाउनै मुस्किल हुने गरेको छ ।

जहाजको टिकट नपाएर पछिल्लो दिनमा जाने गरेका छन् । भने अधिकांस रिफर भएका विरामीले समयमै टिकट नपाउने गरेको गुनासो समेत गरेका छन् ।

प्रतिक्रिया