निर्वतमान उपप्रमुखको सम्पत्ति १४ लाखको घडेरी, १५ तोला सुन

निर्वतमान उपप्रमुखको सम्पत्ति १४ लाखको घडेरी, १५ तोला सुन

सुर्खेत : दैलेखको आठबीस नगरपालिकाकी निवर्तमान उपप्रमुख दीपा बोहोराले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेकी छन् । पाँच वर्षे कार्यकाल सकाएर बिदा हुँदै गर्दा उनले आफ्नो सम्पत्ति विवरण पनि सार्वजनिक गरेकी हुन् ।

उपप्रमुख बोहोराले दुई ठाउँमा गरी १४ लाखको घडेरी, तीन लाख ८ हजार ६३५ रुपैयाँ मौज्दात र १५ तोला सुन रहेको उल्लेख गरेकी छन् । बाँके जिल्लामा झण्डै ८ लाख पर्ने ५०६।९६ क्षेत्रफलमा पर्ने जग्गा रहेको विवरणमा उल्लेख गरेकी छन् ।

यस्तै, दैलेख जिल्लाको सदरमुकाममा ६ लाख पर्ने अर्को ००१४० क्षेत्रफलमा घडेरी रहेको र दुई वटै घडेरी उनले नोकरी (जागिर)गरेर नै खरिद गरेको विवरणमा उल्लेख छ। बाहोराले दुई वटा बैंक गरि ३ लाख ८ हजार ६३५ रकम मौज्दात रहेको छ ।

बोहोराकै नामको नेपाल इन्भेष्टेमेण्ट बैंकमा जनप्रतिनिधिबाट प्राप्त गरेको जम्मा ५७ हजार ९७१ रकम मौज्दात र कृषि विकास बैंकमा दुई लाख ५० हजार ६६४ रुपैयाँ मौज्दात रहेको छ। यो रकम सेवा सुविधाबाट जम्मा गरिएको उल्लेख गरेकी छन् ।

यस्तै, बोहोराको चल सम्पत्तिमा १५ तोला सुन र २५ तोला चाँदी रहेको छ । उक्त सम्पत्ति केही माईतिबाट, केही पैत्रिक श्रोत र केही खरिद गरेको बताएकी छन्। उपप्रमुख बोहोराले सार्वजनिक गरेको विवरण अनुसार उनले आफ्नो नाममा रहेको सम्पत्ति विवरण मात्र सार्वजनिक गरेकी छन् ।

प्रतिक्रिया