ठाटीकाँध गाउँपालिकाद्धारा बजेटको लागि राय सुझाव माग

दैलेख : जिल्लाको ठाटीकाँध गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको लागि राय सुझाव माग गरेको छ ।
गाउँपालिकाको बजेटलाई जनचाहना अनुरुप बनाउन गाउँपालिका निवासी नागरिक समाज, बुद्धिजिवी, गैरसरकारी संघ संस्था, संचार माध्याम र अन्य सरोकारवालासँग राय सुझाव माग गरेको हो । गाउँपालिकाले आगामी जेठ २४ गतेभित्र राय सुझाव पठाउन अनुरोध गरेको छ ।
गाउँपालिकाको इमेलमार्फत राय सुझाव दिन सकिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद उपाध्यायले जानकारी दिए । गाउँपालिकाको इमेल ठेगाना [email protected] रहेको छ ।
सरोकारवालाबाट उपयुक्त राय सुझाव आएको अवस्थामा कार्यान्वयन गरिने गाउँपालिकाका अध्यक्ष रक्षबहादुर शाहीले जानकारी दिए ।
प्रतिक्रिया