कांग्रेसले कर्णाली प्रदेशका जनप्रतिनिधीसँग अभिमुखिकरण कार्यक्रम गर्ने
![कांग्रेसले कर्णाली प्रदेशका जनप्रतिनिधीसँग अभिमुखिकरण कार्यक्रम गर्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/Congress_PWeknWyQPy_rlbpew1utfcr0v5i110u1mmfrnqn9v5zb920jeuhzvpvbltcvhmlmbrthlu6.jpg)
सुर्खेत: नेपाली कांग्रेसले कर्णाली प्रदेशका जनप्रतिनिधी र उम्मेदवारसँग अभिमुखिकरण कार्यक्रम गर्ने भएको छ।
कांग्रेसको प्रदेश कार्यसमितिको आयोजनामा पार्टीका तर्फबाट निर्वाचित पालिकाका प्रमुख, उपप्रमुखरअध्यक्ष, उपाध्यक्ष र उम्मेदवारहरुसँग अभिमुखिकरण कार्यक्रम गर्न लागिएको हो।
जेठ २९ गते समसामयिक राजनीतिक अवस्थाका बारेमा छलफल तथा अभिमुखिकरण कार्यक्रम गर्न लागिएको कांग्रेस कर्णाली प्रदेशका महामन्त्री कृष्णबहादुर रोकायले जानकारी दिए ।
कार्यक्रममा कांग्रेस केन्द्रीय उपसभापति पूर्णबहादुर खड्काको उपस्थिति रहने छ । जिल्ला समन्वय समिति सुर्खेतको हलमा कार्यक्रमस्थल तय गरिएको महामन्त्री रोकायले बताए ।
प्रतिक्रिया