संगठन सुद्धिकरण र सुढृदिकरण गर्न समाजवादीको दुइमहिने अभियान

संगठन सुद्धिकरण र सुढृदिकरण गर्न समाजवादीको दुइमहिने अभियान

सुर्खेत : नेपाल कम्युनिष्ट पार्टि (एकिकृत समाजवादी)ले पार्टीलाई सुदृढीकरण गर्नको लागि कर्णालीका बस्ती बस्तीमा पुग्ने निर्णय गरेको छ । कर्णाली प्रदेशका प्रत्येक वस्ती तथा जनस्तरमा पुग्न दुई महिने अभियानको सञ्चालन गर्ने भएको छ ।

बिहिवार र शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा बसेको पार्टीको कर्णाली प्रदेशको तेस्रो पुर्ण वैठकले गाउँ बस्ती केन्द्रीत भएर अघि बढ्ने निर्णय गरेको छ । पार्टीमा आवद्व सबै नेता कार्यकर्तालाई पार्टीको सांगठनिक, राजनैतिक कामहरुलाई तिब्र रुपमा अगाडी बढाउँदै जनस्तरसम्म पुग्न अभियानका साथ अघि बढ्ने बैठकले निर्णय गरेको बताइएको छ ।

पार्टीको दुई महिने अभियानमा संगठनको सुद्धिकरण र सुढृदिकरण सम्वन्धि क्रियाकलाप सञ्चालन समाजवादीका सुर्खेत जिल्ला अध्यक्ष माहन बडुवालले बताए । ‘दुई दिनसम्म सञ्चालन भएको बैठकमा पार्टीलाई जनस्तरसम्म पु¥याउने र बलियो बनाउने विषयमा छलफल भएको थियो,’ उनले भने, ‘आगामी निर्वाचनहरुमा अन्य दलहरुसँग तालमेल नगरिकनै सिंगल रुपमा पनि अगाडी बढ्न सक्ने गरेर पनि तयारी गरिनेछ ।’

अभियानका साथ प्रदेशका प्रत्येक वस्तीको तहसम्म जनस्तरमा पुग्नेगरी पार्टीका नेता र कार्यकर्ताहरु निर्देशन दिइएको छ । यसका साथै बैठकमा विभिन्न सांगठनिक, राजनैतिक तथा समसामयिक प्रस्तावमाथी छलफल भएको बढुवालले जानकारी दिए ।

जसअन्र्तगत विकास निर्माणमा हुने गरेका ढिलासुस्ती, विकास बजेट समयमै खर्च नहुने प्रवृतिका विषयमा छलफल गरिनुका साथै यसलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गर्ने विषयमा छलफल भएको थियो ।

वैठकमा पार्टीका केन्द्रिय कमिटीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय राजनिति, नेपाल सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०७९/८० को बजेट, निति तथा कार्यक्रम, स्थानीय तहको निर्वाचनमा पार्टीले खेलेको भूमिका तथा त्यसको परिणाम र आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पार्टीका नेता कार्यकर्ताले खेल्नुपर्ने भूमिकाका सन्दर्भमा प्रशिक्षण दिएको नेता बडुवालले जानकारी दिए ।

‘विशेष गरेर बैठकको मुख्य उद्देश्य भनेको स्थानीय तहको निर्वाचनको समिक्षा र निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई दिन रहेको थियो’ बडुवालले भने, ‘निर्वाचनमा भएका सफलता, असफलता तथा चुनौतिका विषयमा छलफल गरियो ।’

प्रतिक्रिया