जिल्ला युवा संजाल गठन

जिल्ला युवा संजाल गठन

भाद्र ८, दैलेख जिल्ला युवा संजाल गठन भएको छ । विभिन्न गाविसमा रहेका युवा क्लवहरुका प्रतिनीधी सहभागि रहेका जिल्लामा युवाहरुको भेलाले रत्न पहादुर थापाको अध्यक्षतामा ७ सदस्य रहेको जिल्ला युवा संजाल गठन गरिएको हो ।
जिल्ला युवा संजालको अध्यक्षमा रत्नबहादुर थापा समाजसुधार युवा क्लवका अध्यक्ष, उपाध्यक्षमा मानसिंह सलामी प्रगतीशिल युवा क्लव सदस्य, सचिवमा एकदिप खाण सुनगाभा युवा क्लव अध्यक्ष, कोषाध्यक्षमा दुर्गा खत्री सनलाइट युवा संजाल उपाध्यक्ष, सदस्यमा धन कुमारी वुढा राइली युवा क्लवको सदस्य, सदस्य सप्पन श्रेष्ठ स्टार युथ क्लव सदस्य र सदस्यमा राम कुमारी थापा न्यु ज्वाला क्लव सदस्य गरि ७ जनाको समिति गठन भएको छ ।
युवाहरु मिली युवा हक अधिकारको वकालत गर्न, स्थानिय स्तरमा जनचेतना फैलाउन र विभीन्न निकायमा समन्वय गरि स्थानिय स्तरमा भएको स्रोतको पहिचान गरि रोजगारीको अवसर सृजना गर्ने उदेश्यले युवा संजाल गठन गरिएको संजालका अध्यक्ष रत्न वहादुर थापा वताए । जिल्ला युवा संजालको नियमीत रुपमा द्धोमासीक रुपमा वैठक वस्ने निर्णय भएको छ । जिल्लामा छरिएर रहेका युवा क्लवहरुलाई जिल्ला युवा संजालमा आवद्ध गराउदै लगिने कुरा संजालका सचिव एकदिप खाणले वताए

प्रतिक्रिया