रैथाने बालीको प्रवर्द्धनका लागि महोत्सव आयोजना गरिने

रैथाने बालीको प्रवर्द्धनका लागि महोत्सव आयोजना गरिने

सुर्खेत : जुम्लामा तेस्रो जुम्ला महोत्सवको आयोजना गरिने भएको छ । उद्योग वाणिज्य संघ जुम्लाले कर्णालीको कला, संस्कृति, भाषा र साहित्यको संरक्षण तथा रैथाने बालीको प्रवर्द्धनका लागि महोत्सव आयोजना गरिने जनाएको छ ।

पर्यटन तथा व्यापार प्रवर्द्धन र आर्थिक वृद्धिको लागि तेस्रो जुम्ला महोत्सवको आयोजना गर्न लागिएको महासंघले जनाएको छ । संघले शुक्रबार पत्रकार सम्मेलनमार्फत आगामी भदौ १९ देखि २९ गते सम्म १० दिने तेस्रो जुम्ला व्यापार महोत्सवको आयोजना गर्ने जनाएको हो ।

त्यस्तै उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्षका पुरीचन्द्र देवकोटाले जुम्लाको आर्थिक अवस्था वृद्धि र रैथाने बालीमा जोड दिनका लागी महोत्सवको आयोजना गरिने बताए ।

कोभिडले थलिएको पर्यटन व्यवसाय र अर्थतन्त्रलाई उकास्न, जुम्लाको स्थानीय कला र संस्कृतिको संरक्षण, पर्यटन तथा रैथाने बालीको प्रवर्द्धन गरी आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यले महोत्सव आयोजना गरिने उनको भनाइ छ ।

दर्शकलाई अर्ग्यानिक स्वाद चखाउन अर्ग्यानिक स्टल राखिने छ । मनोरञ्जनका लागि स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने छ । अझैं साढे दुई महिना बाँकी रहेकाले महोत्सवलाई विगतको भन्दा व्यवस्थित गर्न महासंघको टिम पूर्वतयारीमा जुटिरहेको छौं, उनले भने ।

 

प्रतिक्रिया