बालबालिका र युवाहरुले गरे बृक्षारोपण

बालबालिका र युवाहरुले गरे बृक्षारोपण


दैलेख : जिल्लाको भैरबी गाउँपालिकाका बालबालिका र युवाहरुले बृक्षारोपण गरेका छन् । विश्व वातावरण दिवसको अबसरमा बालबालिका र युवाहरुले बृक्षारोपण तथा सरसफाई गरेका हुन् । पृथ्वीको संरक्षण, दिगो प्रकृतिमैत्री जीवनयापन भन्ने मुल नारा सहित मनाईएको दिवस तथा २३ औँ राष्ट्रिय सरसफाई सप्ताह शुभारम्भका अबसरमा भैरबी गाउँपालिका वडा नम्बर ३ मा गठित सृजनशिल बाल क्लबका सदस्यहरुले नेपाल राष्ट्रिय आधारभुत विद्यालय छड्नेको हातामा बृक्षारोपण तथा सरसफाई गरेका हुन् ।

यस्तै भैरबी गाउँपालिका वडा नम्बर २ मा गठित समाज सुधार युवा क्लबका सदस्य र प्रगतिशिल बाल क्लबका सदस्य तथा जागरण महिला समुहका सदस्यहरुको सहभागितामा नाखोला खानेपानीको मुहान सरसफाई गरेका हुन् । उनिहरुले मुहान क्षेत्रमा खाली भागमा केरा, अम्रिसो, किमू तथा फूलका बिरुवा रोपण गरेका छन् ।

यस्तै भैरबी गाउँपालिका वडा नम्बर ७ मा गठित सहनशिल आमा समुहले धारा, पधेरा, घर आँगन, नाला, बाटो सरसफाई गर्नुका साथै बाढी पहिरो गएको ठाउँमा बृक्षारोपण गर्ने लगाएतका विषयमा छलफल गरेका छन् । उक्त कार्यक्रममा वडा सदस्य उमा सुनारको उपस्थिती रहेको थियो ।

जिल्लाको भैरबी गाउँपालिकामा एइआइएन लक्जेम्वर्गको आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालमार्फत महिला, युवा तथा बालअधिकार प्रवद्र्धन आधार परियोजना सञ्चालित छ । उक्त परियोजनाले युवा तथा बाल क्लबले सञ्चालन गर्ने क्रियाकलाप तथा कार्यक्रमहरुमा सहयोग र सहजिकरण गर्दै आएको छ ।
परियोजनाको अगुवाईमा गठन भएका युवा क्लब तथा बाल क्लबहरुले समुदाय स्तरमा विभिन्न कार्यक्रम तथा अभियानहरु सञ्चालन गर्दै आएका छन् ।

प्रतिक्रिया