जङ्गलमा लागेको डढेलो बस्तीमा पस्दा दुई घर जलेर नष्ट

जङ्गलमा लागेको डढेलो बस्तीमा पस्दा दुई घर जलेर नष्ट

सल्यान  : जिल्लाको बनगाड कुपिण्डे नगरपालिका -९ मा दुइवटा घर जलेर नष्ट भएका छन् । जङ्गलमा लागेको डढेलो बस्तीमा पस्दा दुई घर जलेर नष्ट भएका हुन् ।

जिल्लाको बनगाड कुपिण्डे नगरपालिका -९ रातामाटाको पुरानो स्वरा बस्तीमा डढेलो पस्दा स्थानीय तिल बहादुर बस्नेत र खिमलाल बस्नेतको घर जलेर नष्ट भएको हो ।

स्थानीय लालीगुराँस सामुदायिक वनमा लागेको आगो मङ्गलवार दिउँसो बस्तीमा पसेको थियो । डढेलोले घरमा आगलागी हुँदा गोठ भित्र रहेको अन्नपात, लत्ताकपडा लगायतका सामान जलेर नष्ट भएको पीडित तिल बहादुर बस्नेतले जानकारी दिए ।

आगलागीबाट दुई जनाको झन्डै दस लाख बढीको क्षति भएको उनको भनाई छ । सुख्खा मौसम सुरु भएसँगै जिल्ला धेरै वनमा डढेलो लागि रहेको छ ।

प्रतिक्रिया