जिसस दैलेख : प्रमुखमा सत्ता गठबन्धनविरुद्ध काँग्रेस उपसभापतिको स्वतन्त्र उम्मेदवारी

जिसस दैलेख : प्रमुखमा सत्ता गठबन्धनविरुद्ध काँग्रेस उपसभापतिको स्वतन्त्र उम्मेदवारी

दैलेख : जिल्ला समन्वय समिति दैलेखको निर्वाचन प्रक्रिया सुरु भईसकेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हिजो सोमवार २३ गते उमेदवारको मनोनयन दर्ता भएको छ । आज उमेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । आज नै उमेदवारलाई चुनाव चिह्न प्रदान गरिनेछ । जेठ २६ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मतदान हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिसस प्रमुखमा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसबाट दुर्गा कुमारी श्रेष्ठको उम्मेदवारी परेको छ । श्रेष्ठ नारायण नगरपालिका–१ बाट वडा सदस्यमा निर्वाचित भएकी थिइन् । सत्ता गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबीच भएको सहमती अनुसार नेपाल महिला संघको सचिव समेत रहेकी श्रेष्ठको प्रमुखमा उम्मेदवारी दिएकी हुन् ।

यद्धपी सत्ता गठबन्धनविरुद्ध काँग्रेस दैलेखका उपसभापति नमराज शाहीले जिसस प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । जिसस प्रमुख बन्ने दौडमा रहेका उनि आठबीस नगरपालिका वडा नम्बर ७ बाट वडासदस्यमा निर्वाचित भएका थिए । जिसस प्रमुखमा नेकपा एमालेले उम्मेदवारी दिएको छैन् ।

मुख्य निर्वाचन अधिकृत अधिकृत दण्डपाणि लामिछानेले कांग्रेसबाट प्रमुखमा आधिकारिक उम्मेदवारको रूपमा दुर्गा कुमारी श्रेष्ठ र स्वतन्त्रबाट नमराज शाहीले मनोनयन दर्ता गराएको बताए ।

यस्तै उपप्रमुखमा भने एमालेले उम्मेदवारी दिएको छ । जिसस उपप्रमुखमा एमालेले भैरबी गाउँपालिका–५ बाट वडा सदस्यमा निर्वाचित केशवबहादुर शाहीलाई उम्मेदवार बनाएको छ । गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादी पार्टीकी शान्ति शाहीको उम्मेदवारी परेको छ । उनि नौमूले गाउँपालिका–८ बाट वडासदस्यमा निर्वाचित भएकी थिइन् ।

११ पालिका रहेको दैलेखमा जिल्ला समन्वय समिति निर्वाचनमा २२ जनाले मतदान गर्न पाउनेछन् । जिल्ला समन्वय समितिको प्रमुख बन्न १२ मत आवश्यक पर्छ । जिल्लामा नेपाली काँग्रेससँग ९, माओवादी केन्द्रसँग २ र एकीकृत समाजवादी पार्टीसँग १ मत छ भने एमालेसँग १० मत छ ।
जिल्ला समन्वय समिति सदस्यमा क–कसको उम्मेदवारी ?

१. अङ्गबहादुर शाही– नेपाली काँग्रेस
२.दिलबहादुर शाही–स्वतन्त्र
३.पदमलाल जैसुी– नेकपा एमाले
४.फत्तबहादुर डांगी– नेकपा माओवादी केन्द्र
५. मानसिंह थापा– नेकपा माओवादी केन्द्र
६. रामचन्द्र शर्मा– नेकपा एमाले
७. कविता कुमारी गिरी– नेकपा एकीकृत समाजवादी
८. कोकिला कुमारी खड्का–नेकपा एकीकृत समाजवादी
९. दुर्गाकुमारी थापा– नेकपा एमाले
१०. पूर्णा विक– नेकपा एकीकृत समाजवादी
११.सरस्वती रोकाय– नेकपा एमाले
१२. सुनकला दमाई–नेकपा एमाले
१३. तुल्छा विक– नेकपा माओवादी केन्द्र
१४. लोकबहादुर सार्की–नेकपा एमाले

प्रतिक्रिया