बालिकाहरुलाई रेडियो पत्रकारिता तालिम

बालिकाहरुलाई रेडियो पत्रकारिता तालिम

दैलेख : दैलेखमा बालिकाहरुलाई रेडियो पत्रकारिता तालिम प्रदान गरिएको छ । जिल्लाको गुराँस गाउँपालिकाका ८ जना बालिकाहरुलाई रेडियो पत्रकारिता सम्बन्धी तीन दिने तालिम प्रदान गरिएको हो । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल र सेभ द चिल्ड्रेनको साझेदारी तथा गुराँस गाउँपालिकाको समन्वयमा सञ्चालित सहयात्रा दोस्रो परियोजनाले बालिकाहरुलाई तालिम प्रदान गरेको हो । गुराँस गाउँपालिकाका ८ वटा वडाबाट एक एक जना बालिका तालिममा सहभागि थिए ।

तालिमको सहजिकरण पत्रकार ललितबहादुर बुढा र टेकराज केसीले गरेका थिए । तालिम अवधीभर सञ्चारको परिचय, रेडियो उद्घोषण अभ्यास, रेडियोमा बोल्ने अभ्यास, समाचार र समाचारका गुण, समाचारका प्रकार, समाचारको स्रोत, समाचार लेखन शैली लगाएतका बारेमा छलफल तथा जानकारी दिईएको छ । यस्तै भित्ते पत्रिका लेखन, बाल भित्ते पत्रिका प्रकाशन लगाएतका विषयमा प्रयोगात्मक तथा सैद्धान्तिक रुपमा सिप सिकाईएको छ ।

प्रतिक्रिया