उपत्यकाको फोहोर विसर्जन गर्न गएका टिपरहरू फोहोर बोकेर काठमाडौँनै फर्किए

उपत्यकाको फोहोर विसर्जन गर्न गएका टिपरहरू फोहोर बोकेर काठमाडौँनै फर्किए

उपत्यकाको फोहोर विसर्जन गर्न बञ्चरेडाँडा पुगेका टिपरहरू फोहोर बोकेर काठमाडौँतर्फ

काठमाडौं : काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्न बञ्चरेडाँडा पुगेका टिपरहरू फोहोर नफाली फर्किएका छन् ।

बुधबार बञ्चरेडाँडाका स्थानीयले अवरोध गरेपछि फोहोर नफाली टिपरहरू काठमाडौंतर्फ नै फर्किएका हुन् । करिब डेढ सय टिपर फोहोर विसर्जन नगरी काठमाडौं फर्किएको बताइएको छ ।

सोमबार काठमाडौं महानगर, सहरी विकास मन्त्रालय र काठमाडौं, धादिङ र नुवाकोटका जनप्रतिनिधिबीच सहमतिपश्चात् मंगलबारदेखि फोहोर उठाउने भनिएको थियो । उक्त सहमितसँगै काठमाडौंको फोहोर बञ्चरेडाँडामा लगिएको थियो ।

तर, स्थानीयले बुधबार अवरोध गरेपछि प्रहरी नै त्यहाँ पुगेर फोहोर व्यवस्थापन गर्न अघि खटिएको थियो । तर, स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेका थिए । त्यसपछि प्रहरीले बाध्य भएर अश्रुग्याँस प्रहार गर्नुपरेको थियो ।

यद्यपि, बन्चरेडाँडाका स्थानीयले यसअघि सरकारसँग भएका सहमति पालना गरिनुपर्ने मागसहित विरोध जारी राखेपछि काठमाडौंको फोहोर विसर्जन हुन सकेन ।

प्रतिक्रिया