बाल भेला मार्फत योजना छनौट गरी गाउँपालिकामा पेश

बाल भेला मार्फत योजना छनौट गरी गाउँपालिकामा पेश

दैलेख : दैलेखको गुराँस गाउँपालिकाका बालबालिकाहरुले योजना छनौट गरेर गाउँपालिकालाई बुझाएका छन् । बालबालिकाले बालबालिका लक्षित योजना पेश गरेका हुन् । गुराँस गाउँपालिकाभर रहेका बाल क्लबका प्रतिनीधिहरुले बाल भेला गराई योजना छनौट गरेर गाउँपालिकामा पेश गरेका हुन् । बालबालिकाहरु गाउँपालिकामा पुगेर अध्यक्ष टोपबहादुर बिसी र उपाध्यक्ष शिवाकुमारी खड्का समक्ष छनौट भएका योजनाहरु पेश गरेका हुन् ।

गुराँस गाउँपालिकाका विभिन्न बाल क्लबको प्रतिनिधित्व गर्दै बालबालिकाबाट आर्थिक वर्ष २०८९/८० को वार्षिक कार्यक्रममा आफ्ना मागहरु सहित सुझाव प्रदान गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीले गाउँपालिकाको वार्षिक कार्यक्रमका लागि आफना योजना छनौट गरि महत्वपूर्ण सुझाव दिएकोमा बालबालिकालाई धन्यवाद ज्ञापन गरे ।

गाउँपालिकाले बालबालिका लक्षित योजनाहरु माग गर्दैै सुझाव प्रदान गर्ने कार्यक्रममा सहभागि सम्पूर्ण बालबालिका सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, सेभ द चिल्ड्रेन लगाएतलाई धन्यवाद ज्ञापन गरेको छ ।

बालबालिकाले गाउँपालिकामा पेश गरेको बालबालिका लक्षित योजनाहरु

 

प्रतिक्रिया