जिल्ला समन्वय समिति सुर्खेतको आज चुनाव हुँदै

जिल्ला समन्वय समिति सुर्खेतको आज चुनाव हुँदै

सुर्खेत : जिल्ला समन्वय समिति सुर्खेतको आज चुनाव हुँदैछ । सुर्खेतमा एमाले– माओवादी गठबन्धनबाट प्रमुखमा गंगाराम सुनार, उपप्रमुखमा सचिन कुमार बडुवालले आधिकारिक रुपमा उम्मेदवारी दिएका छन् ।

उपप्रुमखमा एमालेका टिका घलेले वागी उम्मेदवारी दिएकी छिन् । नेपाली कांग्रेसले समन्वय प्रमुखमा दीलिप कुमार वाग्ले उम्मेदवारी दिएका छन् । कांग्रेसले प्रमुखसहित पाँच पदमा मात्रै उम्मेदवारी दिएको छ ।

एमाले माओवादी गठबन्धनले नौ पदमा उम्मेदवारी दिएको छ । १८ मतदाता रहेकोमा एमालेसँग ९, माओवादीसँग एक र कांग्रेससँग ८ मतदाता रहेका छन् । माओवादीले दुबै तिर गठबन्धन गरेको छ।

प्रतिक्रिया