कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष ७९/८० को नीति तथा कार्यक्रम पारित

कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष ७९/८० को नीति तथा कार्यक्रम पारित

सुर्खेत : कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९्/८० को नीति तथा कार्यक्रम पारित भएको छ। दुई दिनसम्म प्रदेशसभामा छलफल गरिएको प्रदेश सरकारको नीति तथा कार्यक्रम शुक्रबार बहुमतले पारित भएको हो।

प्रदेशसभाको १०औँ अधिवेशनको ११औं बैठकमा सभामुख राजबहादुर शाहीले नीति तथा कार्यक्रम पारितका लागि सभामा प्रस्ताव पेस गर्न मुख्यमन्त्री जीवनबहादुर शाहीलाई समय दिएका थिए। प्रदेशसभा सदस्यले उठाएका जवाफ मुख्यमन्त्री जीवनबहादुर शाहीले दिए।

प्रदेशसभा सदस्यले दिएको जवाफ दिँदै मुख्यमन्त्री शाही अघिल्लो सरकारले गरेका कामको चर्को आलोचना गरे ।

नयाँ आर्थिक वर्षका लागि पुरानै कार्यक्रम राखेर नीति तथा कार्यक्रम ल्याएको भन्दै सरकारको आलोचना भइरहेको छ।

प्रतिक्रिया