कालिकोटको नरहरीनाथमा वर्षाले पु¥याएको क्षतीको विवरण संकलन

कालिकोटको नरहरीनाथमा वर्षाले पु¥याएको क्षतीको विवरण संकलन

कालिकोट : जिल्लाको नरहरीनाथ गाउँपालिका वडा नम्बर -८ र -९ मा जेष्ठ २५ र २६ गते गएको अविरल बर्षाले धेरै क्षती गरेको छ । बर्षाका कारण नरहरिनाथ गाउँपालिका वडा नम्बर -९ मा भएको भौतिक क्षती, अन्नबालि र पशु चौपयाको क्षतिको विवरण आज संकलन गरीएको छ ।

आज खुलालु प्रहरी चौकिका वरिष्ठ हवल्दार लगाएत सुरक्षाकर्मीको टोलि र जनप्रतिनिधि, स्थानिय पीडितको समन्वयमा प्रत्यक्ष अवलोकन गरि विबरण संकलन गरीएको वडा नम्बर -९ का वडा अध्यक्ष प्रदिप बोहोराले सामाजिक संजाल फेसबुक मार्फत जानकारी दिएका छन् ।

मानविय क्षती केही नभएपनी भौतिक रुपमा र पशु चौपायाको ठूलो क्षती भए छ । २५ र २६ गते आएको अबिरल बर्षा संगै आएको बाडीले हालसम्म १५ वटा घर उच्च जोखिममा रहेका छन,२ वटा पक्की पुल बगाएको छ, ६ वटा बाख्रा बगाएको छ,भने १ भैंसी बगाएको छ।

प्रत्येक बस्तिमा खोला फर्किएर बस्तिहरु जोखिममा रहेका र गाउँको पुरै मकैबाली बालुवामा परिणत भएको र खेतमा धानको बीउ सबै बालुवा बनेको छ । क्षतिको सम्पुर्ण विवरण संकलन गरि विपद न्युनिकरणको लागी आवश्यक प्रक्रिया अगाडि बढाइएको वडा नम्बर -९ का वडा अध्यक्ष प्रदिप बोहोराले जानकारी दिए ।

 

प्रतिक्रिया