गर्भवती महिलाको गाउँमै पुगेर गर्भजाँच

गर्भवती महिलाको गाउँमै पुगेर गर्भजाँच

सुर्खेत : सल्यानको दार्मा गाउँपालिकाले गर्भवती महिलाको गाउँमै पुगेर गर्भजाँच सेवा दिन थालेको छ ।

स्थानीय स्तरमै स्वास्थ्य सेवा प्रदान गर्न भन्दै गाउँपालिकाले चिकित्सक सहितको टोली गर्भवतीको गर्भजाँच गर्न गाउँमै पुगेर सेवा दिन थालिएको हो । गाउँमै पुगेर गर्भजाँच अन्तरगत आल्ट्रसाउण्ड (भिडियो एक्स(रे) सेवा दिएको हो ।

स्थानीय स्तरमै भिडियो एक्स(रे सेवा सञ्चालनमा आएपछि गर्भवती महिलालाई चेकजाँच गराउन सहज भएको दार्मा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख यज्ञ बस्नेतले जानकारी दिए । गर्भजाँच गराउन सहर बजार जानु पर्ने बाध्यतालाई हटाउन गाउँमै गर्भजाँच सेवा सञ्चालनमा ल्याएको उनको भनाई छ ।

नियमित गर्भजाँच सेवाले मातृ मृत्युदर घटाउन सहयोग पुग्ने बस्नेतको भनाई छ । उउनका अनुसार ‘पालिकाका चार स्वास्थ्य संस्थामा पुगेर गर्भवती महिलाको निःशुल्क गर्भजाँच सेवा दिइएको छ । दार्माका चार स्वास्थ्य संस्थामा गरिएको निःशुल्क शिविरमा ६१ जनाले सेवा लिएको उनले बताए ।

आर्थिक अभाव, समय र यातायातको दुर्गमताका कारण गर्भजाँच गर्न जान नसक्नेहरूलाई लक्षित गरी यो कार्यक्रम सञ्चालन गरिएको हो । शिविरबाट विपन्न वर्ग तथा विकट बस्तीका महिलालाई सेवा लिन सहज भएको कार्यालयले जनाएको छ ।
गाउँघरमै भिडियो एक्स(रे जस्ता सेवा पाएपछि स्थानीय निकै खुसी भएका छन् ।

प्रतिक्रिया