ठाटीकाँध गाउँपालिकाको बजेट ४४ करोड १९ लाख ९१ हजार

ठाटीकाँध गाउँपालिकाको बजेट ४४ करोड १९ लाख ९१ हजार

सुर्खेत : दैलेखको ठाटीकाँध गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७९/०८० को लागि ४४ करोड १९ लाख ९१ हजार ९४२ रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ ।

व्यवसायिक शिक्षा,स्वास्थ्य, कृषि, उद्यम र पूर्वाधार ठाटीकाँध गाउँपालिकाको समृद्धिको आधार भन्ने मुल नाराका साथ शिक्षा, स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर बजेट ल्याएको हो ।

गाउँपालिकाका अध्यक्ष रक्षबहादुर शाहीले दिएको जानकारी अनुसार बजेटको खर्च ब्यहोर्ने स्रोत अनुसार आन्तरिक आय तर्फ ५० लाख, संघीय सरकारबाट समानिकरण अनुदान ९ करोड ४ लाख, संघीय सरकारबाट राजश्व बाँडफाँड ८ करोड १८ लाख ३८ हजार रहेको छ ।

यस्तै प्रदेश समानिकरण अनुदानबाट ८५ लाख ३६ हजार, प्रदेश राजश्व बाँडफाँडबाट ४ लाख ७६ हजार, बैंक मौज्दात २ करोड ५० लाख रहेने प्रक्षेपण गरिएको छ ।

अध्यक्ष शाहीले चालु आर्थिक बर्षका अधुरा आयोजनालाई सम्पन्न गर्नका लागि १ करोड ५० लाख बजेट विनियोजन गरिएको बताए । यो गाउँपालिका जिल्लाकै दुर्गम गाउँपालिका हो,’ उनले भने,‘ यहाँको जनताको पक्षमा रहेर हामीले बजेट ल्याएका छौं । पुर्वाधारको कुरामा संरचना निर्माणका ठुलो बजेट छुट्याएका छौं ।’

पालिकाको शिक्षाको विकासका लागि १५ लाख, स्वास्थ्य सम्बन्धीका कार्यक्रमका लागि १९ लाख, कृषि विकास तर्फका कार्यक्रम संञ्चालन गर्न ८ लाख र पशु सेवा तर्फका कार्यक्रम संञ्चालन गर्न १५ लाख विनियोजन गरिएको छ ।

प्रतिक्रिया