आठबीस नगरपालिकाले ल्यायो ५० करोड ७० लाखको बजेट

आठबीस नगरपालिकाले ल्यायो ५० करोड ७० लाखको बजेट

सुर्खेत : दैलेखको आठबीस नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/ ८० का लागि ५० करोड ७० लाखको बजेट ल्याएको छ । आठबीस नगरको समुन्नतिका आधार , शिक्षा ,स्वास्थ,कृषि,पर्यटन र पुर्वाधार भन्ने नाराका साथ शिक्षा, स्वास्थ ,कृषि ,पर्यटन र पुर्वाधार लाई प्राथमिकता दिएर बजेट ल्याएको हो ।

आठबीस नगरपालिका प्रबक्ता वीर बहादुर नेपालीले दिएको जानकारी अनुसार आन्तरिक राजस्व सहित संघीय र प्रदेश सरकारबाट ११ करोड ९८ लाख ६७ हजार
समानिकरण अनुदान ११ करोड ११ लाख, संघीय ससर्त अनुदान २३ करोड २० लाख, संघीय विषेशअनुदान १ करोड ७० लाख रहेको छ ।

त्यस्तै संघीय समपुरख अनुदान ५० लाख, प्रदेश सरकारको बित्तीय समानिकरण १ करोड १० लाख ३३ हजार गरि जम्मा ३८ करोड ७१ लाख ३३ हजार प्रस्तावित गरिएको छ ।
प्राप्त बित्तीय समानिकरण अनुदान तर्फको बजेट मध्य, आर्थिक बिकासमा २२ प्रतिशत, सामाजिक बिकासमा ३५ प्रतिशत, पुर्वाधार बिकासमा २८ प्रतिशत बाताबरण तथा बिपद् व्यवस्थापन मा ८ प्रतिशत, सुशासन तथा संस्थागत बिकासमा ७ प्रतिशत बजेट सिमा निर्धारण गरिएको छ।

नगरप्रमुख तर्कबहादुर बडुवालले प्रस्तुत गरेको नीति तथा कार्यक्रमका प्रमुख योजना
ग्रीन जोन आठबीस निर्माण को अबधारणालाइ प्रभाकारी रुपमा कार्यान्वयन गरिने।
आठबीस नगरपालिकाको केन्द्र राकमकर्णालीमा विशेषज्ञ सेवा सहितको अस्पताल संचालनमा ल्याइने।

राकमकर्णालीमा बहुमुखी क्याम्पस स्थापना गरिने।
साताला स्वास्थ चौकीमा चिकित्सकिय सेवा सुचारु गरिने।
आठबीस शिक्षा क्याम्पसको स्तर उन्नति गरिने।
स्वच्छ खानेपानीको पहुँच पुर्याउन एक घर,एक धारा को नीति अवलम्बन गरिने।
उज्यालो आठबीस अभियान अन्तर्गत ३ बर्ष भित्र प्रत्येक वडाका नागरिकको घरघर मा बिधुतको पहुच पुर्याउन पहल गरिने।

बिकटलाइ निकट ल्याउने नीति अन्तर्गत सडकको पहुँच नपुगेका वडा र टोल बस्ती सडक पुर्याउने र पुराना सडकको स्तर उन्नति गरिने ।
आठबीस रिङ रोडको अवधारणालाई अगाडि बढाइने ।
नगरपालिका माकोल्ड स्टोर स्थापना गरिने।
प्रत्येक वडामा कृषि संकलन केन्द्र स्थापना गरिने ।

प्रत्येक वडामा बहुउद्देश्यीय नर्सरी स्थापनाको अबधारणा लिइने।
कृषि ल्याब तथा माटो परिक्षण शिबिर संचालन गरिने ।
कृषी मा अनुदान होइन सहुलियत को नीति अवलम्बन गरिने ।
पशु पंक्षिको नश्ल सुधार कार्यक्रमलाई बढवा दिइने ।

कृषी क्षेत्रको आधुनिकीकरण तथा यान्त्रीकिरणमा जोड दिइने।
एक बस्ती ,एक उत्पादन कार्यक्रम संचालन गरिने ।
एक वडा एक सहकारी , न्यून पारौं बेरोजगारी भन्ने मुलमन्त्रलाइ आत्मसात गर्दै ब्याबसायिक तथा सामुहिक खेति प्रणाली को निति अवलम्बन गरिने ।
स्थानीय उत्पादनमा वृद्धि ,आत्ठबीस नगरको समृद्धि भन्ने नाराका साथ कृषी क्षेत्रमा जोड दिई

जमिन बाँजो राख्न नपाइने नीति लागू गरिने।
कृषकलाई टेवा,घरघरमै प्राबिधिक सेवा भन्ने नीति अनुरुप एक वडा एक कृषि प्राबिधिक को ब्यबस्था गर्ने नीति लिइने।

खनौँ आफ्नो माटो, छोडौँ बिदेशको बाटो भन्ने नीति अनुरुप वैदेशिक रोजगार बाट आएका युबाहरुला कृषि क्षेत्रमा आकर्षित गरि ब्यबसाय गर्न प्रोत्साहित गरिने ।
जनज्योति माध्यामिक विद्यालय राकमलाइ आबसिय बिधालय बनाइनेछ।
स्वास्थ बिमा कार्यक्रमलाई प्राथमिकता दिइने ।

गुणस्तरीय शिक्षा प्रदान गर्न सामुदायिक बिधालयको शैक्षिक तथा भौतिक ब्यबस्थापन गर्न आबश्यक नीति तथा कार्यक्रम ल्याइने।
एक वडा ,एक नमूना बिधालय को नीति अवलम्बन गरिने।
युबा स्वरोजगार तथा नगरप्रमुख रोजगार कार्यक्रम निरन्तरता दिइने।

नगर स्तरीय खेलकुद मैदान निर्माण कोलागि आबश्यक प्रबन्ध मिलाइने छ।एक वडा एक खेलकुद मैदानको नीति अवलम्बन गरिनेछ ।
उच्च शिक्षा छात्रवृत्ति तथा प्राबिधिक शिक्षा छात्रवृत्ति लाई निरन्तरता दिन आवश्यक प्रबन्ध मिलाइने ।

नगरप्रमुख कफ खेलकुद प्रतियोगिता संचालन गरिने ।
साहित्य कला सस्कृती संरक्षण का लागि आवश्यक कार्यक्रम ल्याइने ।
एकल पुरुष लाई भत्ता दिने कार्यक्रमलाई निरन्तरता दिइने ।
आवतजावत कार्यलाई सहज पार्न नगरभरी यातायात सेवा संचालनकालागी आबश्यक योजना अगाडी बढाइने ।

खरछाना मुक्त अभियानलाई निरन्तरता दिइने।
गैरसरकारी संस्था परिचालनकालागि एकद्धार प्रणाली लागू गरिने ।
एक घर एक उधमी कार्यक्रम संचालन गरिने ।
खेतीयोग्य जमिनमा सिचार्इको आबश्यक प्रबन्ध मिलाइने।

पन्जिकरणको कार्यक्रमलाई थप व्यवस्थित गरिने।
डिजीटल नगरपालिका बनाउन पहल गरिने ।
माग भन्दा आबश्यकताका आधारमा बजेट बिनियोजन गर्ने नीति लिइने।
बिपद व्यवस्थापनका लागी आबश्यक कार्यक्रम ल्याइने ।

पर्यटन प्रबर्द्धन गर्न आबश्यक निति लिइने ।
भुमिहिन सुकुम्बासी समुदायलाई प्रदेश तथा संघ सरकारसंग समन्वय गरि जग्गा धनी प्रमाण पुर्जा उपलब्ध गराउन पहल गरिने ।

उत्पीडित उपेक्षित बिपन्न बर्गको उथ्थानको लागि आवश्यक नीति तथा योजना तयार गरिने।
कर्णाली र्याप्टिङ सेवालाई थप ब्यवस्थित गरीने।

प्रतिक्रिया