सुर्खेत उद्योग वाणिज्य संघद्धारा ७ जना सल्लाहकार मानोनित

सुर्खेत उद्योग वाणिज्य संघद्धारा ७ जना सल्लाहकार मानोनित

सुर्खेत : सुर्खेत उधोग बाणिज्य संघले २०७९ असार १३ गतेको बैठक बाट संघको बिधान बमोजिम विषय विज्ञ सल्लाहकार मनोनित गरेको छ । संघका अध्यक्ष लक्ष्मण कँडेलले सोमबार विषय विज्ञ सल्लाहकारमा मनोनित गरेका हुन् ।

अध्यक्ष कँडेलले सोमबार बसेको कार्यसमिति बैठकले संघको विधान २०५४ (संशोधन २०७८) समेतको व्यवस्था बमोजिम खड्कालाई वर्तमान कार्यसमिति कार्यअवधिसम्मका लागि सातजनालाई संघको विज्ञ सल्लाहकारको रुपमा मनोनित गरेको हो ।

विषय विज्ञ सल्लाहकारमा मनोनित हुनेमा हर्ष बिक्रम खड्का विज्ञ सल्लाहकार (निर्माण(, चन्द्र कुमार गिरी विज्ञ सल्लाहकार (खेलकुद(, छबिलाल पौडेल विज्ञ सल्लाहकार (कृषि) राजेन्द्र बिष्ट विज्ञ सल्लाहकार (बिज्ञान प्रबिधि )मा मनोनित भएका छन् ।

यस्तै गंगा के.सी विज्ञसल्लाहकार (कलासंस्कृति) , जीवनारायण बन्जाडे बिज्ञ सल्लाहकार (उधोग) , पुर्ण नेपाली बिज्ञ सल्लाहकार (शिक्षा) को रुपमा मनोनीत भएका छन् ।

प्रतिक्रिया