जीविकोपार्जनका लागि किसानलाई बाख्रा वितरण

जीविकोपार्जनका लागि किसानलाई बाख्रा वितरण

दैलेख : जिल्लाको नारायण नगरपालिका–३ कालिमाटीका गारिब तथा विपन्न परिवारलाई बाख्रा वितरण गरिएको छ । गरिब तथा विपन्न घर परिवारको जीविकोपार्जनका लागि बाख्रा वितरण गरिएको हो । कर्णाली प्रदेश सरकार, पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखको बाख्रा ब्लग कार्यक्रम अन्तरगत छनौट गरिएको २० परिवारलाई बाख्रा दिईएको हो । प्रतिपरिवार घर १० वटा बाख्रा अनुदान उपलव्ध गराईएको पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखका प्रमुख भिमबहादुर विस्टले बताए ।

आर्थिक अवस्था कमजोर भएका बिपन्न परिवारहरुलाई लक्षित गरी बाख्रा ब्लग कार्यक्रमको पहिलो चरणमा १८ किसानले कुल ६३ वटा बाख्रा बितरण गरिएको छ भने लगत्तै थप एक सय ३७ वटा बाख्रा वितरण गरिने छ ।

किसानको लागत साझेदारीमा किसानलाई बाख्रासंगै व्यवस्थित खोरको लागि कुल ४६ हजार नगद समेत उपलव्ध गराएको छ । बाख्रा ब्लग कार्यक्रम अन्तरगत किसानले २५ प्रतिशत साझेदारी गरेका छन् भने कार्यक्रमले ७५ प्रतिशत अनुदान उपलव्ध गराएको छ । हरेक बाख्रा पालक कृषकले अनुदानमा प्राप्त १० बाख्रा र आप्mनो १० गरि २० वटासम्म बाख्रा पाल्न सकिने गरि खोर समेत निर्माण गरिएको छ ।

बाख्रा वितरण कार्यक्रममा वडाध्यक्ष चन्द्रप्रसाद उपाध्याय, पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखका प्रमुख भिमबहादुर विस्ट, पत्रकार महासंघका अध्यक्ष यज्ञराज थापाको लगाएतको उपस्थिती थियो । अनुदानमा बाख्रा पाएका किसानहरुले बाख्रा पालन व्यवसायबाट मनग्य आम्दानीसँगै जीविकोपार्जनमा सहयोग पुग्ने बताएका छन् ।

 

प्रतिक्रिया