दैलेखका दुइ वटा पालिकामा विपद् जोखिम पूर्वतयारी अभ्यास

दैलेखका दुइ वटा पालिकामा विपद् जोखिम पूर्वतयारी अभ्यास

सुर्खेत : दैलेखमा विपद् जोखिम पूर्वतयारी सम्बन्धि कृत्रिम घटना अभ्यास गरिएको छ । चामुण्डा बिन्द्रासैनी नगरपालिकामा मंगलबार र आठबीस नगरपालिमा बुधबार कृत्रिम घटना अभ्यास गरिएको हो ।

आठबीस नगरपालिका र चामुण्डाबिन्द्रासैनी नगरपालिकाको आयोजना तथा सेभ द चिल्ड्रेन र एभरेष्ट क्लब दैलेखको साझेदारीमा संचालित किरण परियोजना र युएसएआईडी मर्सिक्रप्स र सेवक दैलेखद्वारा संचालित भकारी परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त कार्यक्रम गरिएको हो ।

एभरेष्ट क्लब दैलेख किरण परियोजनाका कार्यक्रम व्यवस्थापक महेन्द्र चन्दकाअनुसार विपद्सम्बन्धी विद्यमान मुद्दा र जलवायु परिवर्तनबाट उत्पन्न हुनसक्ने क्षति र घटना पूर्वतयारी र त्यसको हुनसक्ने जोखिमबाट सुरक्षित रहन उक्त अभ्यास कार्यक्रम गरिएको हो ।

विपद र प्रकोपबाट घट्नसक्ने घटनाको सिकार हुन नदिन र भौतिक तथा मानबिय क्षति हुन नदिनका लागि पूर्वतयारी अबस्थामा रहन यस्ता किसिमका कार्यक्रमले ठूलो टेवा पुग्ने विश्वास लिएको आठबीस नगरपालिकाका नगरप्रमुख तर्कबहादुर बडुवालले बताए ।

वर्षातको समयमा आउने बाढी, पहिरो खडेरीमा हुनसक्ने आगलागीका साथै प्राकृतिक विपद र जलवायु परिवर्तनले हुनसक्ने क्षतिबाट बच्नका लागि सचेतना प्रवद्र्धन गर्ने लक्ष्य अनुरुप कार्यक्रम आयोजना गरिएको थियो ।

आठबिस नगरपालिकामा बाढी पहिरो सम्बन्धि र चामुण्डाबिन्द्रासैनीमा आगलागि र बाढी सम्बन्धी कृतिम घटना अभ्यासको प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया