श्रीमान मारिएको बीस वर्षसम्म पनि न्याए नपाएकी लक्षु

श्रीमान मारिएको बीस वर्षसम्म पनि न्याए नपाएकी लक्षु

     

   स्व. जनक थापाका बुबा बल बहादुर थापा र श्रीमती लक्षु थापा तस्बीर : जितेन्द्र थापा 

सुर्खेत : जनयुद्धले कैयौँ आमाका कोख रित्तिए । कैयौँ चेलीका सिउदो खाली भए । पाउन दुःख पाए । त्यहि मध्यको एक सिउँको खाली भएकि चेली हुन दैलेखको ठाटीकाँध गाउँपालिका २ टोम्टाल्लाकि लछु थापा ।

एमेरले ४३ वर्ष पुगिन् । १६ वर्षको उमेरमा विबाह गरेकि उनले २० वर्षकै उमेरमा सिउँदो खाली भयो । १६ वर्षको उमेरमा विवाह बन्धनमा बाधिएकि लछु थापा र उनका श्रीमान जनक थापा एक परेवा जोडीजस्तै नमुना थिए ।

जिन्दगिमा सँगै बसेर सुख दुःख साट्ने आफ्ना मनका इच्छा चाहना पुरा गर्ने कस्को इच्छा थियो । तर, जीवन सोचे जस्तो कहाँ हुन्छ र ? दैवको लीला नै भनौं, २० वर्षकै हुँदा उनको त्यो खुसी एकैपलमा खोसियो ।

२०५९ साल मंसिर महिनाको ३० गते त्यो कहाली लाग्दो रातीे लछुका लागि कहिलेही नविर्सिने कालो दिन भइदियो ।

खाना खाएर परिवारसँग सुतेका थिए दैलेख ठाटीकाँध गाउँपालिका—२ टोम्टाल्लाका लछु थापाका दुइ दम्पती ।

सँगै सुतेका जनककी श्रीमती लछु सुत्केरी भएकोे पाँचौ दिन भएको थियो । छोरा र सुत्केरी श्रीमतीसँगै सुतेका जनकलाई एक्कासी राती आई माओवादीले अपहरण गरी लियो ।
‘राती एक्कासी ढोकामा आई ढकढक गरेको आवाज आयो र गाउँकै चिनेको मान्छेले ढोका खोल्नुस जनक सरसँग एकछिन काम छ भने अनि मैले ढोका खोलेँ,’ लछुले भनिन्, ‘बैठकमा सरलाई लिनु पर्नेछ भनेर सोह्रजनाको टीमले जबर्रजस्ती लिएर कपडा नलगाएरै गएका मेरा श्रीमानलाई पासो हालेर हत्या गरे । त्यो रात सम्झे अहिले जिउभरि काडा उम्रिन्छ उनले भनिन् ।
लछुलाई ढोका थुनेर घरभित्र हुले जसका कारण गाउँलेलाई कुनै जानकारी भएन, उनले आफ्ना श्रीमान् जनकलाई सदाका लागि गुमाइन् ।

ठाटीकाँध २ घर नजिकैकोे डाँडा वनको पिपल चौताराको बरको रुखमा लिएर जनकलाई झुण्ड्याएर निर्मम हत्या गरेका रहेछन् । नेपाली कांग्रेसमा आस्था भएकै कारण आफ्ना श्रीमान्लाई झुण्ड्याएर निर्मम तरिकाले मारिएको लछुको भनाई छ ।
‘आफ्ना श्रीमानका हत्याराहरु खुलेआम हिंडिरहँदा मेरो मन पनि पागल हुन्छ,’ लछुले भनिन्, ‘राज्यबाट मलाई अरु केही आस छैन, तर दोषीलाई कारबाही भएपछि मात्र मेरो श्रीमानको आत्माले शान्ति पाउनेछ ।’

सिउँदो पुछिएको बीस वर्ष बित्दा पनि न्याय पाइएन

२० वर्षको कलिलै उमेरमा लछुको सिउँदो पुछियो उनि अहिले ४३ वर्षकि भइन् । श्रीमान गुमाए पनि दुइओटा छोराकै निम्ति भएपनि छोराको मुख हेरेर दिन गुजारिरहेको बताउँछन् ।
जबसम्म श्रीमानको हत्यारालाई कानुनी कठघरा ल्याइँदैन तबसम्म परम्परागत क्रियाकाज नगर्ने थापाको अडान छ ।

त्यसबेला माओवादी ‘जनयुद्ध’ उत्कर्षमा थियो । गाउँका तरुना तन्नेरीलाई माओवादीले अपहरण गरेर लगेको खबर आइरहन्थ्यो । ‘मेरो पनि छोरालाई लाने पो हुन कि ?’ जनकका बुबा बलबहादुरलाई डर थियो ।

बुहारी पाँच दिनको सुत्केरी थिइन । ‘म घरको माथिल्लो तलामा सुतेको थिएँ, छोराबुहारी तल्लो भुइ तलामा सुत्थे । राति आएर माओवादीले छोरालाई लिएर गएछ,’ बल थापाले सम्झिए । छोरालाई अपरण गरेर लिएको केहिसमयपछि थाह मात्र थाह पाए जनकका बाबु बल बहादुर थापाले भने, ‘छोरालाई छुटाउन भनेर पछि पछि गए उल्टै आफै उनिहरुबाट लखेटिए म त भागेर बाच्न सफल भए छोरा बचाउन सकिएन ।,

अहिले उनलाई श्रीमानको सम्झनाले बढी नै सताउने गरेको छ । वनमा न्याउली चरो कराउँदा पनि उनलाई छोराकै सम्झनाले सताउने गरेको छ । ‘खै के भएको हो, वनमा न्याउली चरी कराउँदा पनि छोरा न्याउलीको भेष गरेर आयो कि जस्तो लाग्छ र स्वर सुन्नेबित्तिकै आँगनमा पानी राखिदिन्छु, उनले भने । जीवनमा दुःखै दुःख झेलेका बलबहादुरको एउटै मात्र धोको छ ‘देशमा फेरि युद्ध नहोस । मेरो जस्तै अरू बा आमाले छोरा र श्रीमतीले श्रीमान गुमाएको पिडा भोग्नु नपरोस ।’

प्रतिक्रिया