नारायण नगर पूर्ण खोपयुक्त सुनिश्चितता घोषणा

नारायण नगर पूर्ण खोपयुक्त सुनिश्चितता घोषणा

दैलेख : जिल्लाको नारायण नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको छ । राष्ट्रिय पूर्ण खोप निर्देशिका बमोजिम सम्पूर्ण प्रक्रिया पूरा गरेपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको हो ।

पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणाका लागि १६ देखि २३ महिनासम्मका सबै बालबालिकालाई १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खोप अनिवार्य दिनुपर्छ । नारायण नगरपालिकाका प्रमुख लोमन शर्माले औपचारिक समारोहबीच पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरेका छन् ।

नारायण नगरपालिकाका स्वास्थ्य शाखा सहसंयोजक लालबहादुर खड्काले १६ देखि २३ महिनाका सबै बालबालिकालाई पूर्ण खोप लगाएपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको बताए । उनले आगामी दिनमा खोप लगाउनयोग्य बालबालिकालाई पूर्ण खोप दिनका लागि वडास्तरमा खोपको दिगोपना कार्यक्रम सञ्चालन गरिने जानकारी पनि दिए ।

नगरपालिकाले पूर्ण खोपयुक्त सुनिश्चितता घोषणासहित हालै महिला स्वयंसेविकाहरूको आधारभूत १० दिने तालिम दिएको छ । यस्तै आम नागरिकलाई जनचेतनामूलक सन्देश दिन देवकोटाचोकमा डिजिटल बोर्डको माध्यमबाट सुचना प्रवाह शुभारम्भ गर्नुका साथै नगरले ४० बर्ष माथिका नागरिकको निशुल्क मधुमेह परिक्षण, ब्लड प्रेसर र तौल जाँच समेत गरेको छ ।

प्रतिक्रिया